Techie IT
Wednesday, July 22, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रधर्म उस्तो कि देवी प्रतिभा ?

धर्म उस्तो कि देवी प्रतिभा ?

ढोङी समाजको कुरुप चित्र


काठमाडौं । अहिले देशमा अत्यधिक चर्चामा रहेकी एक पात्र हुन्– देवी प्रतिभा अर्थात् प्रतिभा पराजुली । पशुपतिमा आयोजित ‘कोटीहोम’ नाम दिइएको एक धार्मिक समारोहमा कथावाचककी रुपमा आएकी उनको चर्चा एक कोणबाट मात्रै भइरहेको छैन ।

सुमधुर स्वरमा कथा भन्ने कलाका कारण देवी प्रतिभाले धेरैको ध्यान खिचेकी छिन् । ‘२३ वर्षको कलिलो उमेरमै सफलताको शिखर चुम्न सफल नेपाली चेली’ भनेर पनि उनको तारिफ भइरहेको ।

तर जब उनले कथा भनेबापत ५०/६० लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् भन्ने हल्ला बाहिरियो, तब कतिपयलाई जलन भयो । अझ, दायाँबायाँ दशौं जना बाउन्सर राखेर हिँडेको देखेपछि त मान्छेहरुलाई खपिनसक्नु नै भयो ।

धर्मलाई अफिम भन्नेहरुले आलोचना गर्नु त स्वभाविकै थियो, उनकै अनुयायीले समेत उछितो काड्न थाले । समाजमा जबरजस्त प्रगतिशील देखिनुपर्नेहरुले सामाजिक सञ्जालमार्फत प्रश्न गर्न थाले– प्रवचन दिँदा लोभ, क्रोध, धन सबै त्याग्नुपर्छ भन्ने, तर आफू चाहिँ करोडौं कमाउने ? दर्जनौं, सुरक्षागार्ड राखेर हिँड्ने ? विस्तारविस्तारै उनले कथावाचनका क्रममा भनेका सन्दर्भहरु कोट्याएर आलोचना हुनथाल्यो ।

उनको बचाउँमा उभिनेहरुले भन्न थाले– देवी प्रतिभाको सफलता सहन नसकेर मान्छेहरुले आलोचना गरेका हुन् । उनले कानूनको कुरा गर्ने होइन, शास्त्रमा भएको सन्दर्भ वर्णन गर्ने हो । काम गरेपछि पारिश्रमिक त जसले पनि लिइहाल्छ नि ! त्यत्तिको प्रभावशाली मान्छेलाई सुरक्षा दिनु के नौलो भयो र ?

तर, देवी प्रतिभाका अनुयायी वा आलोचक दुवैले गरेका तर्क फिक्का लाग्छन् । किनकि, त्यहाँ कसैलाई कुनै विचारले प्रेरित गरेको छैन । दुवै पक्ष भावनामा बहकिएका छन् । देवी प्रतिभाले आफ्नो सुरक्षाका लागि गार्ड राख्नु ठिक कि बेठिक, पारिश्रमिक कतिसम्म लिँदा न्यायोचित ? उनले कथावाचनमा भनेका कुरा कति व्यवहारिक र वैज्ञानिक ? भन्नेमा विवाद गर्नुभन्दा ‘कोटीहोम’ भनिएको धार्मिकसभा कत्तिको पारदर्शी छ ? बुझ्न जरुरी छ ।

धर्मको नाममा लाखौं मान्छेबाट अरबौं रुपैयाँ उठाएर के गरिँदैछ ? किन गरिँदैछ ? कसैलाई मतलब छैन । मान्छेहरु किन मूल कुरालाई पन्छाएर सहायक कुरामा अनावश्यक तर्क गरिरहेकछन् ? खासमा धर्मको निर्माण नै यस्तै–यस्तै खाले अनेक खेती गर्नका लागि भएको हो । अर्थात् मान्छेले नियोजित रुपमा नै धर्म वा देउवाको परिकल्पना गरेको हो ।

मूलतः एउटा सीमित वर्गले ठूलो वर्ग या समुदायमाथि निरन्तर शासन गर्न बनाइएको हतियार हो, धर्म । सामाजिक नियमका नाममा कालान्तरसम्म एउटा अदृश्य वा रहस्यमयी शक्तिको आडमा विभेद गरिरहने, आफूलाई उच्च बनाइरहने, भक्तहरु निर्माण गर्ने र आफूले हालिमुहाली गरिरहने नियतका साथ धर्मको निर्माण भएको हो ।

सुरुदेखि नै धर्मले काम गर्न, खोज गर्न वा संघर्ष गर्न सिकाएन । सधैंभरी सबैकुरालाई रहस्यमयी मान्दै देउताको स्तुतिगान गाउँन प्रेरित गर्यो । ‘काम गर्नु भनेको दुःख पाउनु हो, सांसारिक मायामोहमा फस्नु हो’ भनेर मान्छेलाई नयाँ कुरा बुझ्ने मौका नै दिन चाहँदैन, धर्मले ।

धर्मकथा मान्छेले लेखेको कुरामा कुनै शंका छैन । अनेक आख्यानको निर्माण गरेर तत्कालीन टाठाबाठाहरुले नै धर्मग्रन्थ बनाए । जसका आधारमा अनेक नियम बनाए, र लादे । धर्मकै आडमा विवाह, किरिया जस्ता कुप्रथा चलाएर संस्थागत गरिएको छ । नारीमाथि जहिल्यै विभेद गर्ने नीति बनाएर नियति जस्तो बनाइएको छ । पछि, धर्मलाई जातसँग जोडियो । र विभेदलाई अझ संस्थागत गरियो । त्यसैले, धर्मका झिनामसिना अवयवमा होइन, मेरुदण्डबारे बुझौं र धारणा निर्माण गरौं ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

Techie IT