Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता

बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता


काठमाडौं । बालेन शाह इतिहासकै सबैभन्दा असफल मेयरको सूचीमा दर्ज भएका छन् । काठमाडौं महानगरका मेयर शाह असफल हुनुका पछाडि थुप्रै कारण छन् । र, उनी असफल भएको मापन गर्ने मानकहरु पनि थुप्रै छन् । सुरुमा उनी असफल भएका चाहिँ हुन् कि होइनन् भन्नेबारे चर्चा गरौं । मंगलबार देशका अधिकांश स्थानीय तहले बजेट ल्याए । तर काठमाडौं महानगरपालिकाले बजेट ल्याउन सकेन ।

निर्धारित मितिमा बजेट ल्याउन नसकेकै कारण काठमाडौं महानगरलाई असफल भन्न मिल्दैन । किनकि, देशका अरु थुप्रै स्थानीय तहले पनि बजेट ल्याएका छैनन् । बजेट नल्याएका स्थानीय तहका आ–आफ्नै कथा–व्यथा छन् । तर यहाँ कुरो बजेटको मात्रै होइन, काठमाडौं महानगरको नगर कार्यपालिकाको बैठकनै नबसेको ८–९ महिना भइसक्यो । महिनैपिच्छे बस्नुपर्ने बैठक ८–९ महिनासम्म नबस्दा महानगरका थुप्रै–थुप्रै काम प्रभावित भएका छन् । कुनै नयाँ काम गर्नै सकेको छैन ।

बजेट खर्चको अवस्था निकै दयनीय छ । मेयर–उपमेयरबीच बोलचाल बन्द छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच पानी बाराबार छ । अरु वडाअध्यहरुलाई त मेयर शाह रहस्यमयी पात्र जस्ता लाग्छन् । जनताको प्रतिनिधि मेयर शाह जनताकै पहुँचभन्दा बाहिर छन् । महानगरविरुद्ध दिनुहुँजसो अनिमिताताको उजुरी परिरहन्छन् । यी सबै घटनाक्रमले पुष्टि गर्छ कि, काठमाडौं महानगरका मेयर बालेन साह पूर्णत असफल भइसके । तर, यहाँ कोही भन्छन्– बालेनलाई कांग्रेस–एमालेका जनप्रतिनिधिले काम गर्नै दिएनन् । अर्थात् उनलाई असफल बनाउन कांग्रेस एमालेका कार्यकर्ता घुँडा धसेर लागेका छन् । यद्यपि, बुझ्न पर्ने कुरा यो छ कि, सफल नेता त्यो हो, जसले आफ्नो टिमका अधिकांशको मन जित्छ ।

तर दुर्भाग्य बालेनले महानगरमा आफ्नोबाहेक कसैको मन जित्न सकेनन् । र पनि उनका समर्थक यस्ता छन् कि– ललितपुरको ग्वार्कोमा ओभरपास बनेको जश पनि बालेनलाई नै दिइरहेका छन् । यसैबीच उपमेयर सुनिता डंगोलले बजेटका लागि एक्सन लिएकी छिन् । जसअनुसार उनले बुधबार आफ्नै अध्यक्षतामा बैठक राखेर बजेटबारे छलफल गरेकी छिन् । सम्भवतः उपमेयर सुनिताको पहलमा केही समयपछि नै भए पनि काठमाडौं महानगरको बजेट आउनेछ । र, फेरि पनि जश चाहिँ मेयर बालेनले नै पाउनेछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT