Techie IT
Saturday, June 13, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकसरी घुस्यो निजामति विधेयकमा ‘बाहेक’ शब्द ?

कसरी घुस्यो निजामति विधेयकमा ‘बाहेक’ शब्द ?

रामहरी खतिवडाले सभापतिबाट राजीनामा दिनैपर्ने अडानमा दलहरु


काठमाडौं । यतिबेला निजामती विधेयकमा कीर्ते गरी ‘कुलिङ पिरियड’ हटाएको विषयले बजार तातेको छ । विधेयकमा नियोजितरुपमा ‘बाहेक’ शब्द घुसाएर परिवर्तन गरिएको भन्दै सत्ताघटक कांग्रेस र एमालेसँगै प्रतिपक्षी दलहरु माओवादी र रास्वपाका सांसदहरुले आपत्ति जनाइरहेका छन् ।

नेताहरूले यसलाई देश र जनताप्रतिको अपराध र संसदको अपमान भएको बताएका छन् र कारबाहीको माग गरेका छन् । कांग्रेस सांसद रामहरि खतिवडा सभापति रहेको संसदको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले कुलिङ पिरियडको व्यवस्थासहितको प्रतिवेदन समिति हुँदै प्रतिनिधि सभाले पारित गरेको थियो । तर प्रतिनिधि सभाबाट पारित भएको केही समयमै उक्त विधेयकमा कुलिङ पिरियड विपरीत हुनेगरी ‘बाहेक’ शब्द घुसाएर विधेयक अघि बढाएको पाइएको हो ।

आइतबारमात्रै प्रतिनिधिसभाबाट पारित विधेयकमा निजामती सेवाबाट अवकाश पाएको कर्मचारीले कम्तीमा दुई वर्षसम्म अर्को कुनै नियुक्ति लिन नपाइने प्रावधान राखिएको थियो । यसबारे कांग्रेस नेता शेखर कोइरालाले ‘कुलिङ अफ पिरियड’का सम्बन्धमा गरिएको अनाधिकृत परिवर्तन घोर अपराध र सार्वभौम संसद्प्रतिको अपमान भएको कडा टिप्पणी गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले निजामती सेवा विधेयकमा भएको चलखेललाई जनताप्रतिको बेइमानी भनेर टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले पनि सांसदलाई नै झुक्क्याएर निजामती विधेयकमा वरिष्ठ प्रशासकहरूका स्वार्थ घुसाइएको भन्दै आपत्ति जनाएका छन् । भण्डारीले सीमित व्यक्तिहरुको स्वार्थका लागि यो मुलुक कति ठगिएको होला भन्दै संशय प्रकट गरेका छन् । त्यस्तै नेकपा एमालेका सांसद सूर्य थापाले पनि निजामती विधेयक भएको छलछामको विरोध गरेका छन् । थापाले यसको जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

यता राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले पनि कुलिङ पिरियड राख्ने मामलामा बेइमानी भएको स्वीकारेका छन् । उनले विधेयकमा कर्मचारीले ‘बाहेक’ शब्द लेखेको हुनसक्ने भन्दै त्यसबारे आफूलाई थाहा नभएको बताएका हुन् । उनको भनाइको अर्थ विधेयकमा बेइमानी भएको हो तर त्यसमा आफ्नो हात छैन भन्ने थियो । कुलिङ पिरियड भन्नाले कुनै व्यक्ति सरकारी वा निजामती सेवाबाट राजीनामा दिएपछि वा अवकाश पाएपछि अर्को सरकारी वा राजनीतिक नियुक्ति लिनुअघि कुर्नुपर्ने निश्चित समयावधि हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT