Techie IT
Tuesday, July 15, 2025 | मंगलबार, असार ३१, २०८२
२०८२ असार ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप

रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप


काठमाडौं । रास्वपाले संसदमा निभाइरहेको भूमिकाबारे प्रश्न उठ्न थालेको छ । भिजिट भिसा प्रकरणमा निरन्तर सदन अवरुद्ध गरिरहेको रास्वपाको भूमिकामाथि प्रश्न उठेको हो । उसले आफ्ना पार्टी सभापति रवि लामिछानेको मुद्दासँग भिजिट प्रकरण साट्नका लागि निरन्तर सदन अवरुद्ध गरेको आरोपसमेत लागेको छ ।

यससँगै रास्वपाको लिँडेढिपीका कारण संसदीय गतिविधिमा असर परेको हो । गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि न्यायिक वा संसदीय समिति गठनको माग गर्दै संसदको चौथो ठूलो दल रास्वपा गत जेठ १३ गतेबाट संसदमा नाराबाजी गर्दै आएको हो । नेपाली राजनीतिका पुराना भनिने ती ठूला दलहरूभन्दा फरक ढंगले आफूलाई संसद्भित्र र बाहिर प्रस्तुत गर्दै आएको रास्वपाका सांसदहरू मंगलबार घाँटीमा नीलो रिबन पहिरिएर संसदमा उपस्थित भए ।

तर, प्रतिपक्षी रास्वपाका सांसदहरू नीलो रिबन पहिरिएर सदनमा उपस्थित भएको सत्ताधारी नेपाली कांग्रेसलाई पाच्य भएन । संसद् बैठकमा रास्वपा सांसद डा। चन्दा कार्कीलाई सभामुख देवराज घिमिरेले बोल्नका लागि उपलब्ध गराएको समय सकिने बित्तिकै कांग्रेसले नियमापत्ति जनायो । नियमापत्ति जनाउने क्रममा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नीलो रिबन पहिरिएर संसदमा उपस्थित भएका रास्वपाका सांसदहरूलाई बैठकबाट निष्कासन गर्न माग गरे ।

उनले प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ६ को ३० मा अभद्र व्यवहार नियन्त्रणको व्यवस्था रहेको स्मरण गराए । मंगलबारभन्दा अघिल्ला दिनका बैठकमा रास्वपाका सांसदहरूले प्रतिपक्षी दलका सांसदले रोष्ट्रममा गएर बोल्दा मौन रहने र सत्तापक्षका सांसद बोल्दा वेल घेराउ गरेर नाराबाजी गर्ने गरेको दृष्य संसदमा देखिएका थियो । यस्तै उनीहरू थकाइ मार्न बेला–बेलामा वेलमै पलेँटी कसेर बस्दै पनि आएका थिए ।संसद्मा रास्वपाका सांसदहरूको ती दृष्यलाई लिएर सामाजिक सञ्जालहरूमा आलोचना भएको थियो ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले रास्वपाका सांसदहरू वेलमै पलेँटी कसेर बसेपछि ‘ब्रोइलर कुखुरा’ को संज्ञासमेत दिएका थिए । जे–जे भए पनि माओवादीले साथ छाडेपछि रास्वपा नराम्ररी अप्ठेरोमा परेको छ । संसद अवरोध खोलौं हारेको जस्तो देखिने, निरन्तर आन्दोलन गरौं पुगिने गन्तव्य नै छैन । यहीं निहुमा सरकारले आफ्ना पार्टी सभापति रवि लामिछानेको मुद्दा कमजोर बनाउँछ भन्ने आशमा थियो, रास्वपा । तर सरकार त्यो मनस्थितिमा देखिँदैन । र, रास्वपा नराम्ररी अप्ठेरोमा फसेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अन्तरसंघर्षको नयाँ मोडमा एमाले !

समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै

भाटभटेनीका साहुजीको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने– दान गर्ने क्षमता…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभाटेनी सुपर मार्केटका साहु मीनबहादुर गुरुङको मुक्तकण्ठले प्रशंसा गरेका छन् । भाटभटेनीले त्रिवि शिक्षण

हस्ताक्षर संकलनको आवरणमा सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा

काठमाडौं । हस्ताक्षरसँगै सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा परेको छ । रास्वपाका अनुसार अहिलेसम्म १६ लाखजति हस्ताक्षर संकलन भएको

बालेन र हर्क पनि रास्वपामै मिसिन तयार

काठमाडौं । २०८४ सालको चुनावसम्ममा मेयरद्वय बालेन शाह र हर्क साम्पाङ पनि रास्वपामै मिसिनेगरी तयारी भइरहेको बुझिएको छ । रास्वपा

गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन

डिपी अर्यालको अर्को काण्ड पनि बाहिरियो

काठमाडौं । रास्वपा कार्यवाहक सभापति डिपी अर्यालको अर्को काण्ड बाहिरिएको छ । अर्यालले १२ वर्षअघि जापान बस्दा शर्तविपरीत रकम डिपोजिट

Techie IT