Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप

रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप


काठमाडौं । रास्वपाले संसदमा निभाइरहेको भूमिकाबारे प्रश्न उठ्न थालेको छ । भिजिट भिसा प्रकरणमा निरन्तर सदन अवरुद्ध गरिरहेको रास्वपाको भूमिकामाथि प्रश्न उठेको हो । उसले आफ्ना पार्टी सभापति रवि लामिछानेको मुद्दासँग भिजिट प्रकरण साट्नका लागि निरन्तर सदन अवरुद्ध गरेको आरोपसमेत लागेको छ ।

यससँगै रास्वपाको लिँडेढिपीका कारण संसदीय गतिविधिमा असर परेको हो । गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि न्यायिक वा संसदीय समिति गठनको माग गर्दै संसदको चौथो ठूलो दल रास्वपा गत जेठ १३ गतेबाट संसदमा नाराबाजी गर्दै आएको हो । नेपाली राजनीतिका पुराना भनिने ती ठूला दलहरूभन्दा फरक ढंगले आफूलाई संसद्भित्र र बाहिर प्रस्तुत गर्दै आएको रास्वपाका सांसदहरू मंगलबार घाँटीमा नीलो रिबन पहिरिएर संसदमा उपस्थित भए ।

तर, प्रतिपक्षी रास्वपाका सांसदहरू नीलो रिबन पहिरिएर सदनमा उपस्थित भएको सत्ताधारी नेपाली कांग्रेसलाई पाच्य भएन । संसद् बैठकमा रास्वपा सांसद डा। चन्दा कार्कीलाई सभामुख देवराज घिमिरेले बोल्नका लागि उपलब्ध गराएको समय सकिने बित्तिकै कांग्रेसले नियमापत्ति जनायो । नियमापत्ति जनाउने क्रममा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नीलो रिबन पहिरिएर संसदमा उपस्थित भएका रास्वपाका सांसदहरूलाई बैठकबाट निष्कासन गर्न माग गरे ।

उनले प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ६ को ३० मा अभद्र व्यवहार नियन्त्रणको व्यवस्था रहेको स्मरण गराए । मंगलबारभन्दा अघिल्ला दिनका बैठकमा रास्वपाका सांसदहरूले प्रतिपक्षी दलका सांसदले रोष्ट्रममा गएर बोल्दा मौन रहने र सत्तापक्षका सांसद बोल्दा वेल घेराउ गरेर नाराबाजी गर्ने गरेको दृष्य संसदमा देखिएका थियो । यस्तै उनीहरू थकाइ मार्न बेला–बेलामा वेलमै पलेँटी कसेर बस्दै पनि आएका थिए ।संसद्मा रास्वपाका सांसदहरूको ती दृष्यलाई लिएर सामाजिक सञ्जालहरूमा आलोचना भएको थियो ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले रास्वपाका सांसदहरू वेलमै पलेँटी कसेर बसेपछि ‘ब्रोइलर कुखुरा’ को संज्ञासमेत दिएका थिए । जे–जे भए पनि माओवादीले साथ छाडेपछि रास्वपा नराम्ररी अप्ठेरोमा परेको छ । संसद अवरोध खोलौं हारेको जस्तो देखिने, निरन्तर आन्दोलन गरौं पुगिने गन्तव्य नै छैन । यहीं निहुमा सरकारले आफ्ना पार्टी सभापति रवि लामिछानेको मुद्दा कमजोर बनाउँछ भन्ने आशमा थियो, रास्वपा । तर सरकार त्यो मनस्थितिमा देखिँदैन । र, रास्वपा नराम्ररी अप्ठेरोमा फसेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT