Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रसरकारी चौघेरा तोडेर साहित्यमा मग्न डाक्टर (भिडिओसहित)

सरकारी चौघेरा तोडेर साहित्यमा मग्न डाक्टर (भिडिओसहित)


काठमाडौं । एकबेला यस्तो थियो– अहिले जस्तो संचारमाध्यमको ‘बिगबिगी’ थिएन । धार्मिक प्रवचनदेखि गीत सुन्नका लागिसमेत रेडियो नेपालको प्रसारण तालिका सुनेर पर्खनुपथ्र्यो ।

गाउँघर, सहरबजार– सबैतिर रेडियो नेपालनै घन्कन्थ्यो । त्यतिबेला झिसमिसेदेखि मध्यरातमसम्म गुन्जिरहने एउटा कर्णप्रिय आवाज थियो– नवराज लम्सालको ।

साहित्यिक कार्यक्रम मधुवन होस् या सुरसंगम, बिहानै बज्ने धार्मिक कार्यक्रम होस् वा रात्रिकालीन सेवा, कहिले प्रधानमन्त्रीसँग जनतालाई सिधा कुरा गराउने त कहिले प्रत्यक्ष प्रसारण गर्न गाउँ–बस्ती, पाखा–पखेरा डुलिहिँड्ने चर्चित सञ्चारकर्मी लम्सालले रेडियो नेपाल छाडेको पनि करिब दुई वर्ष भयो । पाँचवर्ष सेवाअवधि बाँकी रहँदै उनले रेडियो नेपालको निर्देशक पद त्यागे अर्थात् रेडियो नेपाल छाडे ।

हो, उनलाई गाडीसहितको अनेक सरकारी सुविधाभन्दा गाउँबस्ती डुलेर साहित्य सिर्जनामा पौडी खेल्दै अघि बढ्न मन लाग्यो । सरकारी जोगिरको चौघेराभन्दा माथि उठेर स्वच्छन्द उड्न मन लाग्यो । र त उनले सेवाअवधि बाँकीहुँदै रेडियो नेपालको जागिर छाडे ।

जागिर छाडेकोमा उनलाई एकचिम्टि पछुतो छैन । बरु मख्ख छन् । भन्छन्, ‘जागिर छाड्न पाँच वर्ष ढिला गरेछु । पहिल्यै जागिर छाड्न पाएको भए अहिलेभन्दा धेरै सिर्जना गर्न सक्नेरहेछु ।’

एकखाले मान्छेले उनलाई चर्चित रेडियोकर्मीका रुपमा चिन्छन् भने अर्काखालेले कवि, गीतकार तथा लेखकका रुपमा चिन्छन् । खासमा लम्साल यस्ता व्यक्तित्व हुन्– जसमा सञ्चारकर्मसँगै साहित्य घोलिएको छ । उनी आफैं भन्छन्, ‘मलाई कवि नवराज लम्साल भन्दा जत्तिको आनन्द अरु कुनै परिचयले दिन सक्दैन ।’

हो, लम्सालका कर्ण, अग्नि र धरा गरी तीनवटा महाकाव्य प्रकाशित छन् । २०७८ सालको मदन पुरस्कार पाउन सफल कृति अग्निका सर्जक हुन्, उनी ।

उनका ‘पाइलैपिच्छे सगरमाथा, कविता संग्रह’, ‘धुनभित्र, धुनबाहिर, गीतिसंग्रह’सहित विभिन्न सातवटा साहित्यिक कृति प्रकाशित छन् भने उनले लेखेका करिब पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् । र, लम्सालले नेपाली साहित्यमा विद्यावारिधि गरेका छन् ।

हेर्नुहोस्, डाक्टर नवराज लम्सालसँगको अन्तरंग कुराकानी






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

सुरक्षित ठाउँ खोज्दै रुकुम पुगे प्रचण्ड, त्यहाँ पनि हारिने त्रास…

काठमाडौं । चितवन–३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउने बताएका नेकपाका अध्यक्ष प्रचण्डले मधेशको सिरहा, गण्डकीको गोरखा, बागमतीको चितवन र काठमाडौंसँगै लुम्बिनीको

Techie IT