Techie IT
२०८१ माघ १, मंगलबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रसरकारी चौघेरा तोडेर साहित्यमा मग्न डाक्टर (भिडिओसहित)

सरकारी चौघेरा तोडेर साहित्यमा मग्न डाक्टर (भिडिओसहित)


काठमाडौं । एकबेला यस्तो थियो– अहिले जस्तो संचारमाध्यमको ‘बिगबिगी’ थिएन । धार्मिक प्रवचनदेखि गीत सुन्नका लागिसमेत रेडियो नेपालको प्रसारण तालिका सुनेर पर्खनुपथ्र्यो ।

गाउँघर, सहरबजार– सबैतिर रेडियो नेपालनै घन्कन्थ्यो । त्यतिबेला झिसमिसेदेखि मध्यरातमसम्म गुन्जिरहने एउटा कर्णप्रिय आवाज थियो– नवराज लम्सालको ।

साहित्यिक कार्यक्रम मधुवन होस् या सुरसंगम, बिहानै बज्ने धार्मिक कार्यक्रम होस् वा रात्रिकालीन सेवा, कहिले प्रधानमन्त्रीसँग जनतालाई सिधा कुरा गराउने त कहिले प्रत्यक्ष प्रसारण गर्न गाउँ–बस्ती, पाखा–पखेरा डुलिहिँड्ने चर्चित सञ्चारकर्मी लम्सालले रेडियो नेपाल छाडेको पनि करिब दुई वर्ष भयो । पाँचवर्ष सेवाअवधि बाँकी रहँदै उनले रेडियो नेपालको निर्देशक पद त्यागे अर्थात् रेडियो नेपाल छाडे ।

हो, उनलाई गाडीसहितको अनेक सरकारी सुविधाभन्दा गाउँबस्ती डुलेर साहित्य सिर्जनामा पौडी खेल्दै अघि बढ्न मन लाग्यो । सरकारी जोगिरको चौघेराभन्दा माथि उठेर स्वच्छन्द उड्न मन लाग्यो । र त उनले सेवाअवधि बाँकीहुँदै रेडियो नेपालको जागिर छाडे ।

जागिर छाडेकोमा उनलाई एकचिम्टि पछुतो छैन । बरु मख्ख छन् । भन्छन्, ‘जागिर छाड्न पाँच वर्ष ढिला गरेछु । पहिल्यै जागिर छाड्न पाएको भए अहिलेभन्दा धेरै सिर्जना गर्न सक्नेरहेछु ।’

एकखाले मान्छेले उनलाई चर्चित रेडियोकर्मीका रुपमा चिन्छन् भने अर्काखालेले कवि, गीतकार तथा लेखकका रुपमा चिन्छन् । खासमा लम्साल यस्ता व्यक्तित्व हुन्– जसमा सञ्चारकर्मसँगै साहित्य घोलिएको छ । उनी आफैं भन्छन्, ‘मलाई कवि नवराज लम्साल भन्दा जत्तिको आनन्द अरु कुनै परिचयले दिन सक्दैन ।’

हो, लम्सालका कर्ण, अग्नि र धरा गरी तीनवटा महाकाव्य प्रकाशित छन् । २०७८ सालको मदन पुरस्कार पाउन सफल कृति अग्निका सर्जक हुन्, उनी ।

उनका ‘पाइलैपिच्छे सगरमाथा, कविता संग्रह’, ‘धुनभित्र, धुनबाहिर, गीतिसंग्रह’सहित विभिन्न सातवटा साहित्यिक कृति प्रकाशित छन् भने उनले लेखेका करिब पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् । र, लम्सालले नेपाली साहित्यमा विद्यावारिधि गरेका छन् ।

हेर्नुहोस्, डाक्टर नवराज लम्सालसँगको अन्तरंग कुराकानी






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

‘देशका लागि बालेनभन्दा रवि धेरै घातक छन्’ (भिडिओसहित)

काठमाडौं । नेकपा एमालेका नेता महेश वस्नेतले देशका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

धर्म उस्तो कि देवी प्रतिभा ?

धर्मको नाममा लाखौं मान्छेबाट अरबौं रुपैयाँ उठाएर के गरिँदैछ ? किन गरिँदैछ ? कसैलाई मतलब छैन । मान्छेहरु किन मूल

जिउँदो सहिदका मरेका सपनाहरु…(भिडिओसहित)

देवकी तिमल्सिना समीक्षा, जो बाल्यकालमै माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी भइन् । द्वन्द्वका क्रममा अनेक सास्ती भोगिन् । जुन

अदालत नफापेका ओली: शितलनिवासमा शपथ, सर्वोच्चमा मुद्दा (भिडिओसहित)

विगत यस्तो छ कि, ओलीलाई अदालत फापेको छैन । र संयोग पनि यस्तो भइदियो कि, तीन वर्षअघि अदालतको परमादेशबाट सत्ताच्यूत

शान्ताको कथा: कमलरीदेखि सांसदको शानसम्म

धेरैलाई लाग्छ– नेताले काम गर्दैनन्, भाषण छाँट्छन्, कमिसनमा रमाउँछन् । तर, पूर्वसांसद एवम् नेकपा एमालेकी नेतृ शान्ता चौधरीले नेतालाई हेर्ने

Techie IT