Techie IT
Tuesday, July 28, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रविद्या भण्डारीको कमब्याकले एमालेमा खैलाबैला, प्रचण्ड-माधव उत्साहित

विद्या भण्डारीको कमब्याकले एमालेमा खैलाबैला, प्रचण्ड-माधव उत्साहित


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा कमब्याक हुने घोषणासँगै एमालेमा खैलाबैला मच्चिएको छ । खासगरी ओलीइतरका एमाले कार्यकर्ता नरम्ररी हौसिएका छन् । उनीहरु यस्तो सोचिरहेका छन् कि, अब बल्ल छहरी पायौं, एमाले नछाड्ने कारण भेटियो ।

एमालेका संस्थापनइतर मात्रै होइनन्, भण्डारी राजनीतिमा कमब्याक हुने घोषणाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल पनि हौसिएका छन् । उनीहरुको बुझाइमा अब बल्ल ओलीलाई साइड लगाउने मान्छे आए भन्ने छ । खासगरी एमालेभित्र पनि विद्या भण्डारीको साइडबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले कडा खेल खेलिरहेका छन् भने पार्टी अध्यक्ष ओलीको साइडबाट महासचिव शंकर पोखरेलले वकालत गरिरहेका छन् । अरु जे–जे भए पनि भण्डारीको घोषणाबाट ओली चिढिएका छन् ।

पछिल्लो समय पार्टी विधानले नै निर्दिष्ट गरेको ७० वर्षे उमेर हदको विपक्षमा अभिव्यक्ति दिँदै आएका ओलीले भण्डारीलाई आफ्नो भाग खोस्न आएको रुपमा बुझेका छन् । दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले तेस्रो कार्यकाल खान खोज्नु अस्वभाविक हो । तर, राष्ट्रपति भइसकेको मान्छे पार्टी राजनीतिमा झर्नु पनि गतिलो कदम होइन ।

कुरोको चुरो यो छ कि, विद्या भण्डारी राजनीतिमा फर्किदाँ प्रचण्ड–माधव किन मख्ख छन् ? उनीहरुले भण्डारीको कदमसँगै वामएकताको सम्भावना देखेका छन् । तर के त्यो सम्भावना छ ? विगतको पाठबाट झस्किनुपर्ने अवस्था छ । राजनीतिमा भण्डारीको पुनरागमनसँगै एमालेको पहिलो महिला पार्टी अध्यक्ष र पहिलो महिला प्रधानमन्त्रीको चर्चा हुन थालेको छ । लैंगिक कोणबाट हेर्दा ठिकै लागे पनि राष्ट्रपति भएकाहरु ओर्लिएर अरु पद खान थाल्नु राम्रो होइन । जे होस्, पुर्वराष्ट्रपति भण्डारीको पुनरागमनले नेपाली राजनीतिलाई तरंगित बनाएको छ ।

यसअघि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि माओवादीको राजनीतिमा फर्किसकेका छन् । सरकारी सुविधा त्यागेर राजनीतिमा आउने कुरालाई राम्रै मान्न पनि सकिएला । तर, देशको मायाले भन्दा पनि आफ्नै लाभका लागि कोही व्यक्ति आउनु र जानुले केही फरक पर्दैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT