Techie IT
Saturday, July 4, 2026 | शनिबार, असार २०, २०८३
२०८३ असार २०, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रआयात रोक्न अनेरास्ववियु वाल्मीकि विद्यापीठको जनै बनाउने प्रशिक्षण

आयात रोक्न अनेरास्ववियु वाल्मीकि विद्यापीठको जनै बनाउने प्रशिक्षण


काठमाडौं । विदेशमा यन्त्र (मेसिन)बाट बनेका जनै (यज्ञोपवीत)लाई निरुत्साहित गर्ने उद्देश्यले अनेरास्ववियु वाल्मीकि विद्यापीठद्वारा यज्ञोपवीत निर्माण प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

बिहीबार विद्यापीठमा एक कार्यक्रमबीच विद्यार्थीहरूलाई जनै निर्माणसम्बन्धी प्रशिक्षण दिइएको हो । उत्पादनलाई प्राथमिकता, संस्कृतिको संरक्षण एवं धागोलाई वैदिक विधिअनुसार जनै बनाउन अनेरास्ववियुले प्रशिक्षण दिएको हो ।

विदेशी मूलबाट करोडौँ रुपैयाँको जनै आयात हुने र ती जनै विधिपूर्वक नहुने हुँदा अनेरास्ववियुले प्रशिक्षण कार्यक्रम आयोजना गरेको अनेरास्ववियु वाल्मीकि विद्यापीठ इकाई समितिका अध्यक्ष दुर्गा घिमिरेले जानकारी दिए ।

जनैको आयात रोक्ने, संस्कृतिमा नयाँ पुस्तालाई आकर्षित गर्ने र खाली समयमा अतिरिक्त कमाई गर्न सहयोग पुग्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरीले जनैमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । अनेरास्ववियु वाल्मीकि विद्यापीठले गरेको कार्यक्रमले इँटा थप्ने काम गरेको उनको भनाइ थियो । पूर्वीय दर्शनले बताएअनुसारको स्वदेशी जनै निर्माणमा विद्यापीठले अग्र भूमिका खेल्नुपर्ने उनले बताए ।

उनले बर्सेनि करोडौँ रुपैयाँको जनै आयात भएकोमा चिन्ता व्यक्त गरे । स्वदेशी उत्पादनको जनै धारण गर्न समेत अनेरास्ववियुका नेता कार्यकर्ताहरूलाई उनको आग्रह थियो ।

कार्यक्रमका विशिष्ट अतिथि वाल्मीकि विद्यापीठका प्राध्यापक डा. भागवत ढकालले अनेरास्ववियुको कदमले शोभा बढाएको बताए । विद्यार्थी सङ्गठन रचनात्मक काममा अग्रसर हुनुपर्नेमा उनको जोड थियो ।

त्यस्तै,कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कोषाध्यक्ष सङ्गम अर्यालले जनैको महत्त्व दर्शाउनपर्नेमा जोड दिए ।

अनेरास्ववियुका केन्द्रीय सचिव सन्जिव धितालले फरक प्रसङ्गमा बोल्दै कलकारखाना बन्द गर्न हात धोएर लागेकोमा दुख व्यक्त गरे ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

Techie IT