Techie IT
Monday, July 20, 2026 | आईतबार, साउन ३, २०८३
२०८३ साउन ३, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रचाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

पुजारी भट्टले गरेका थिए सहयोगका लागि विशेष पहल


भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । गत कात्तिक १७ गते एक विशेष धार्मिक समारोह गरी पुनर्निर्मित मन्दिरको उद्घाटन गरिएको हो ।

पुनर्निर्मित मन्दिर समुद्घाटन समारोहमा ११ ब्राम्हण तथा आचार्यहरुले रुद्री परायण पाठ गरेका थिए । उक्त धार्मिक अनुष्ठानमा हवनसँग भजन पनि गायिएको थियो ।

त्यसै अवसरमा बजरंगबली हनुमानको मूर्तिको पनि प्राण प्रतिष्ठा स्थापना गरिएको थियो ।

काठमाडौंको इन्द्रायणी, पासिखेल निवासी स्वर्गीय गम्भीरबहादुर थापाका सन्तान नाति यादव थापा र सम्पूर्ण थापा परिवारको तर्फबाट करिब ३५ लाख रुपैयाँ सहयोग प्राप्त भइ उक्त मन्दिर पुनर्निमाण भएको थियो । उक्त सहयोग रकमका लागि पुजारी शंकर राजभट्टले विशेष पहल गरेका थिए ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त उक्त मन्दिरको पुनर्निर्माणका लागि पुरातत्व विभागसँग पटकपटक अनुरोध गरिएको थियो । तर, विभागले कुनै वास्ता नगरेपछि पुजारी राजभट्टले विशेष पहल थालेका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT