Techie IT
Thursday, June 18, 2026 | बिहीबार, असार ४, २०८३
२०८३ असार ४, बिहीबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रजनताको जीवनभन्दा जमिन ठूलो हो ?

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

दिनभर श्रम गरेर साँझ चुल्हो बाल्ने मजदुरलाई झरी परेको दिन टहरोबाट लखेट्नु ठिक हुनसक्छ ?


जनताको जीवन, परिवार र सपनाभन्दा एक टुक्रा जमिन ठूलो हुनै सक्दैन । अर्थात जनताका लागि जमिन हुनुपर्छ, न कि जमिनका लागि जनता । तर यहाँ अहिले यस्तो भइरहेको छ कि– सरकारको जमिनमा सुन्दर पार्क बनाउनका लागि जनताको बली चढाइँदैछ ।

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! त्यसैले पनि उनीहरु सुकुम्बासीका हरेक पीडामा ‘हुकुमबासीको नक्कली रोनाधोना’ देखिहेका छन् । तर प्रश्न यो हो कि, केही थान हुकुमबासीले बेइमानी गरेको फोटो–भिडिओ देखाएर हजारौं भूमिहीनलाई छानोविहीन बनाउन मिल्छ ?

दिनभर श्रम गरेर साँझ चुल्हो बाल्ने मजदुरलाई झरी परेको दिन टहरोबाट लखेट्नु ठिक हुनसक्छ ? परीक्षा नजिकिएका विद्यार्थी, सुत्केरी तथा गर्भवती, दीर्घरोगको औषधि सेवन गरिरहेका वृद्धवृद्धाहरु, शिशु तथा बालबालिकाहरु र अपांगता भएका नागरिक बसिरहेको झुपडीमा राज्यले एकाएक ‘दुई तिहाइ’को बुलडोजर चलाउनु ठिक हो ? के अब विद्यालय, मन्दिर, चर्च र गुम्बाहरु पनि सार्वजनिक जमिनमा बनाउन नपाइने हो ? वा, सार्वजनिक जग्गामा बनाइएका पशुपाति नाथ, बौद्धनाथ र स्वयम्भुनाथ पनि भत्काउने हो ? फेरि पनि जोडका साथ सोध्नपर्छ कि, जनताको जीवनभन्दा जमिन ठूलो हुनसक्छ ?? वा विकासका लागि जनता हो कि जनताका लागि विकास ? न टेक्ने टेको न समाउने हाँगो भएकालाई उठिबास लगाएर गर्न खोजेको विकास कस्तो हो ?

देशमा सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीनहरुको ठूलो समस्या छ । लाखौं नागरिक लालपुर्जाविही जग्गमा बस्न बाध्य छन् । कुनै, कुनै त गाउँ नै गुठीको नाममा छ । सयौं बस्तीहरु ऐलानी जग्गामा छन् । पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गाको पनि लालपुर्जा छैन ।

यी यावत समस्या समाधानका लागि यसअघि व्यपक प्रयास भएका छन् । भूमि आयोग बनेको छ । तर, अरु कुनै पनि राज्यका निकायसँग समन्वय र तयारी नगरी अघिल्लो दिन माइकिङ गरेर भोलिपल्ट घर भत्काइनुलाई पनि सरकारको राम्रो काम देख्नेहरुलाई केही भन्नु छैन । र, भूमिहीनमाथि यति बर्बर दमन हुँदासमेत सरकारलाई धिक्कार्न सकेनौं भने इतिहासले हामीलाई नै धिक्कार्छ । त्यसैले, जो जहाँ छौं त्यहीँबाट जतिसक्छौ बोलौ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

सुरक्षित ठाउँ खोज्दै रुकुम पुगे प्रचण्ड, त्यहाँ पनि हारिने त्रास…

काठमाडौं । चितवन–३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउने बताएका नेकपाका अध्यक्ष प्रचण्डले मधेशको सिरहा, गण्डकीको गोरखा, बागमतीको चितवन र काठमाडौंसँगै लुम्बिनीको

Techie IT