Techie IT
Saturday, June 27, 2026 | शनिबार, असार १३, २०८३
२०८३ असार १३, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रउखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड


काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती प्रदेशको सँस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा भिटोफले उखुबारीको सामुदायिक होम स्टेको अध्ययन भ्रमण गरेको हो । भ्रमणका क्रममा भिटोफको टोलीले ग्रामीण पर्यटन प्रवर्द्धनबारे विशेष विमर्ष गरेको उखुबारीका स्थानीय युवा पुष्पराज पराजुलीले जानकारी दिएका छन् ।

बुधबार र बिहीबार भएको भ्रमण टोलीमा भिटोफका अध्यक्ष हरिशरण थपलियासँगै प्रथम उपाध्यक्ष मनहरी दाहाल, द्वितीय उपाध्यक्ष विनोद वस्ती, महासचिव अजिब भट्ट, सचिव सुरेन्द्र भट्ट, कोषाध्यक्ष इन्दिरा रिमाल न्यौपाने, सह–कोषाध्यक्ष नारायण सोडारी तथा सदस्यहरू सुनिता अधिकारी न्यौपाने, प्रदीपकुमार तामाङ र माधव ढुङ्गानालगायत सहभागी थिए ।

यससंगै कार्यक्रममा ग्रामीण पर्यटन विज्ञहरु प्रा डा प्रेम शर्मा, प्रा डा बिपी बडाल, तरागाँउ विकास समितिका पूर्वसदस्य शिव प्रसाद लामिछाने लगायतले ग्रमीण पर्यटनका आयाम र सम्भावनाका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा दर्जनौँ पर्यटन स्तम्भकारहरुको उपस्थिति रहेको थियो।

होम स्टे अध्ययन गर्न आएका पाहुनालाई उखुबारीका स्थानीयले पञ्चेबाजा बजाएर स्वागत गरेका थिए । उखुबारीमा आयोजना भएको प्रवद्र्धनात्मक कार्यक्रममा सुनकाशी गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले ग्रामीण पर्यटनका लागि होम स्टेको आवश्यकता बढ्दै गएका बताएका थिए ।

कार्यक्रममा स्थानीय समाजसेवी एवम् राजनीतिक व्यक्तित्व तथा उक्त सामुदायिक होम स्टेका अध्यक्ष पुरुषोत्तम प्याकुरेलले पनि ग्रामीण पर्यटन प्रवद्र्धनमा आफूहरुले सक्दो प्रयास गरेको बताएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

Techie IT