काठमाडौं । देशैभर नयाँ नेतृत्व चयनको प्रक्रियामा रहेको रास्वपामा अहिले ‘एक व्यक्ति, एक पद’को विषयले बजार पिटेको छ ।
खासगरी बागमती प्रदेशको नेतृत्व चयनमा लफडा भएपछि सांसदसमेत रहेका नेताद्वय अच्चुतम लामिछाने र बदन भण्डारीले पार्टीमा ‘एक व्यक्ति, एक पद’ हुन नहुने भन्दै निरन्तर आवाज उठाइरहे ।
हुन पनि हो, रास्वपामा एक व्यक्ति एक पद हुने हो भने अहिलेका कोही पनि सांसद पार्टी पदाधिकारी वा केन्द्रीय सदस्य बन्न पाउने छैनन् । र, अहिले विभिन्न स्थानीय तहको पार्टी कमिटीमा रहेका कोही पनि स्थानीय चुनावमा उम्मेदवार बन्न पाउने छैनन् । यसकारण एक व्यक्ति, एक पद गर्ने कि नगर्ने भन्ने विषयमा रास्वपाभित्र ठूलै लफडा भयो ।
लफडाबीच नै बागमतीमा सभापतिका लागि चुनाव भयो । र चुनावबाट लामिछाने दुई मतले पराजित भए । यससँगै रास्वपामा अब अनन्त कालको लागि दुई गुट स्थापित भएको छ ।