Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो


काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले खेलाडीसँगै देशकै नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउने भन्दै सिलवालले यस्तो बताएका हुन् ।

‘शक्तिशाली राष्ट्रहरूले प्रभुत्व जमाएको विश्वमञ्चमा नेपालले गर्वका साथ आफ्नो अलग पहिचान स्थापित गर्ने प्रमुख माध्यमहरूमध्ये खेलकुद क्षेत्र अग्रस्थानमा पर्दछ। खेलकुदले नेपालको राष्ट्रिय गौरव, नेपालीको क्षमता, प्रतिभा र पहिचानलाई विश्वसामु चिनाउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’, सिलवाल भन्छन्, ‘नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको साहस, संघर्ष, अनुशासन र समर्पणले राष्ट्रको शिर उच्च बनाइरहेको छ। त्यसैले आजको युगमा खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र होइन, देशको अस्तित्व, स्वाभिमान र राष्ट्रिय पहिचानलाई विश्वभर गर्वका साथ स्थापित गर्ने महत्वपूर्ण आधार हो।’

खेलकुदमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडीहरू राष्ट्रका गौरव भएकाले उनीहरुको सम्मानमा राज्यले कन्जुस्याँइ गर्न नहुने उनको भनाइ थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT