Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन्

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन्


काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले बजेटमा प्रयाप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले संम्बोधन गर्ने बताए।

उनले अहिलेको सरकार ५ वर्षको लागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न आग्रह गरे। उनले आगामी आर्थिक वर्षको बजेट कार्यन्यन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रहस्थ उत्पादन पुग्ने बताए।

भुकम्पपछि कुल ग्रहास्थ उत्पादनको तुलनामा ३७ प्रतिशतसम्म आएकोमा अहिले करिब प्रक्षेपित जिडिपिको २८ प्रतिशत मात्रै विनियोजन गरिएको बताए।

अर्थमन्त्री वाग्लेले १५ सय ८० अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको बताउँदै ऋणमा धेरै भर नपरेको बताए। उनले जिडिपीको तुलनामा ऋण ४३ प्रतिशत बढी नहुने बताए।

७ प्रतिशतको आर्थिक वृद्धि २१ खर्ब २४ अर्बले मात्र नभई प्रक्षेपित ७४ खर्बको जिडिपिले गर्ने बताए। उनले बजार चलायमान बनाएर ७ प्रतिशत आर्थिक वृद्धि गर्न सक्ने बताए।

उनले आगामी वर्षको बजेटमा नयाँ कार्यक्रम नभएको पुराना कार्यक्रमको दायित्व बढी हुँदा चाँपमा परेको बताए। सरकारले मुख्य राजमार्ग निर्माण सम्पन्न हुने भन्दै सिदार्थ राजमार्ग निर्माण अघि बढ्ने बताए।

‘अहिले बुटवलबाट पोखरा जाने सडक विस्तार गर्दा ३५ अर्ब लाग्छ,’ उनी भन्छन्,‘हामीले एक्सप्रेस वे बनाउनेकी भन्ने सोचेका छौं तर १ खर्ब लागत अनुमान छ।’






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT