Techie IT
Monday, December 1, 2025 | सोमबार, मंसीर १५, २०८२
२०८२ मंसीर १५, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदुर्गा प्रसाईंलाई धरौटीमा छोड्ने आदेशविरुद्ध सर्वोच्च जाँदै सरकार

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्ने आदेशविरुद्ध सर्वोच्च जाँदै सरकार


काठमाडौं । सरकारले दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा फेरि मुद्दा हाल्ने भएको छ । उच्चले दिएको आदेशमा गम्भीर त्रुटि भएको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा आदेश बदर गरी थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै निवेदन दिने निर्णय गरेको हो ।

गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलनमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंबाट पुर्पक्षमा थुनामा रहेका दुर्गा प्रसाईँलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश थिएको थियो । उच्च अदालत पाटनका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र टंकप्रसाद गुरुङको संयुक्त इजलासले प्रसाईँलाई आपराधिक उपद्रवको मुद्दामा ३ लाख धरौटीमा छोड्न दिएको थियो ।

महान्यायाधीवक्ताको कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ अनुसार मुद्दाको पुर्पक्ष गर्न माग गरेर सर्वोच्च अदालतमा निवेदन दिन लागेको हो । तीन वर्षभन्दा माथि कैद सजाय हुने, संगठित अपराध, ज्यान जाने कसुर तथा जन्मकैद माग गरेर दायर भएको मुद्दाको छिनोफानोका लागि पुर्पक्षमा राख्नुपर्ने कानूनी व्यवस्था छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईँ उपर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराअधिक उपद्रो र संगठित अपराधमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाको पुर्पक्षको सुनुवाइमा तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको र कसुरदार हो भन्ने मनासिब आधार भएको भन्दै दफा ६७ लाई टेकेर पुर्पक्षको लागि थुनामै राख्ने आदेश दिएको थियो ।

काठमाडौँ जिल्ला अदालतको उक्त आदेश बदर गर्दै दुर्गा प्रसाईँलाई धरौटी मागेर छाड्ने आदेश आज उच्च अदालत पाटनले दिएको हो । उक्त आदेश भएको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को व्यवस्था प्रतिकुल रहेको महान्यायाधिवक्ता कार्यालयले ठहर गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ ले तल्ला अदालतले गरेको आदेश चित्त नबुझेमा सबैभन्दा माथिल्लो अदालतमा निवेदन दिन सकिने कानूनी व्यवस्था गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना

रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा ल्याउन व्यापक पहल गरिरहेको खुलेको छ ।

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको

नेपाल प्रिमियर लिग (एनपीलए)को दोस्रो संस्करणको १५ औँ खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

Techie IT