Techie IT
Friday, November 7, 2025 | बिहीबार, कात्तिक २०, २०८२
२०८२ कात्तिक २०, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रआहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन

आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन


सिन्धुपाल्चोकको शान्तिभूमि मानिने हेलम्बु क्षेत्र धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । गुम्बाको सहर भनिने यो क्षेत्रमा ह्योल्मो जातिको बाहुल्यता छ, जहाँको विशिष्ट संस्कृति, आतिथ्य सत्कार र प्राकृतिक सुन्दरताले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ।

हेलम्बु गाउँपालिका–१ मा अवस्थित आमायाङ्री पछिल्ला दिनमा आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। समुद्री सतहदेखि ३७७१ मिटरको उचाइमा रहेको आमायाङ्री मुलुकको राजधानी काठमाडौंबाट नजिकैको उत्कृष्ट पदयात्रा तथा धार्मिक गन्तव्यका रूपमा परिचित बन्दै गएको हो।

काठमाडौंबाट करिब ४ देखि ५ घण्टाको यात्रा पश्चात आमायाङ्रीको बेसक्याम्प पुग्न सकिन्छ। तर, हेलम्बु–१ तार्केघ्याङसम्मको सडक अवस्था ठिक भए पनि तार्केघ्याङबाट बेसक्याम्पसम्म पुग्ने बाटो केही अफ्ट्यारो रहेको छ। सो मार्गमा मोटरसाइकलको यात्रामा केही कठिनाइ हुने गरेको ललितपुरबाट आएका एक पर्यटकले गुनासो गरेका छन्।

आमायाङ्री बेसक्याम्प बाट थप २ घण्टाको उकालो पदयात्रा गरेपछि आमायाङ्री शिखरमा पुगिन्छ, जहाँबाट वरिपरिका हिमशृङ्खलाहरू, हरियाली फाँट र सुन्दर बस्तीहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

बिहानको सुर्योदय र साँझको सूर्यास्त यहाँका मुख्य आकर्षण हुन्। शान्त वातावरण, प्राकृतिक सुन्दरताको संगम र छोटो दूरीका कारण आमायाङ्री हाल राजधानी नजिकैको प्रमुख गन्तव्यका रूपमा पर्यटकहरूको रोजाइमा परेको छ।

बिदाको दिन अरु दिनभन्दा धेरै पर्यटक आउने गरेका छन् । यहाँ आउने प्रायः पर्यटकले पहिले नै होटल बुकिङ गरी यात्रा गर्ने गरेका छन्, मोटरसाइकल साथै साना गाडीदेखि ठूला बसहरू समेत रिजर्भ गरेर आउनेहरूको संख्या ह्वात्तै बढेको स्थानीय होटल सञ्चालक बताउँछन्।

स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार पछिल्ला दिनमा आमायाङ्रीमा आउने आन्तरिक र विदेशी पर्यटकहरूको संख्या निरन्तर बढ्दो क्रममा छ, जसले हेलम्बु क्षेत्रको पर्यटन सम्भावनालाई अझै सुदृढ पार्ने अपेक्षा गरिएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै

अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित

सामाजिक सञ्जालमा सोविता गौतमसँग तुलना हुनथाल्यो ज्योति मगरको, गौतमको भन्दा…

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा गायिका ज्योति मगरको चर्चा व्यापक छ । खासगरी राजनीतिक विषयमा दिएका सुझबुझपूर्ण तर्कका कारण

थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा…

काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजरले थापाथलीस्थित राम मन्दिर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काएको छ । शुक्रबार दिउँसो महानगरकोक

सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषकहरूलाई उत्पादन वृद्धिका उद्देश्यले वितरण गरेको मिनीटिलर (साना ट्र्याक्टर) सम्बन्धी महत्त्वपूर्ण सूचना

विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको सामु आत्मसमर्पण गर्नु जस्तै…

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जान चुनौती दिएका छन् ।

Techie IT