Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपा छाड्नेको सूचीमा स्वर्णिम वाग्ले पनि

रास्वपा छाड्नेको सूचीमा स्वर्णिम वाग्ले पनि

किन अल्झिरहेछन् तोसिमा र गणेश कार्की ?


काठमाडौं । वैकल्पिक राजनीतिको सेन्टर बन्ने भनी तीन बर्षअघि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकपछि अर्को पहिरोको चपेटामा परेको छ । परम्परागत ठूला पार्टीको विकल्प दिने भन्दै रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते रास्वपा बनेको थियो ।

२०८२ कात्तिकसम्म आइपुग्दा नेताहरूले एकपछि अर्को गर्दै पार्टी छाड्न थालेका छन् । पहिलो महाधिवेशनसमेत नहुँदै संस्थापक नेताहरूले नै रविको साथ छाड्न थालेका हुन् । पछिल्लो समय सभापतिले जेलबाटै पार्टी चलाउन खोजेको भन्दै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले भदौ २३ र २४ को जेनजी आन्दोलनलगत्तै रास्वपा छाडिन् ।

लगत्तै केन्द्रीय सदस्य डा।प्रभात अधिकारी र हरि भट्टले राजीनामा दिए । पार्टी छाड्ने लर्कोमा प्रतिनिधिसभाको प्रमुख सचेतक रहेका सन्तोष परियार पनि छन् । उनले कात्तिक २८ गते रास्वपा छाडे । पार्टी छाड्नेको लहरमा रास्वपाका संस्थापक केन्द्रीय सदस्य गीता रेग्मी र महेश्वर घिमिरे यसअघि नै मिसिएका हुन् ।

केही समयअघि निर्वाचन आयोग प्रमुखको जिम्मेवारीमा रहेका डा।अतिन्द्र दाहाल र पूर्वअनुशासन आयोग प्रमुख डा।भरतमणि देवकोटाले पनि पलायनको बाटो रोजिसकेका छन् । रास्वपाको घरबेटीसमेत रहेका देवकोटाले लामिछानेसँगको घरबहाल विवादका साथै जेनजी आन्दोलपछि घर असुरक्षित रहेको बताउँदै आएका थिए ।

पूर्वमहामन्त्री डा।मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउनुपर्ने भन्दै वक्तव्य निकालेका कोशी प्रदेश सभापति राजेश तिमिल्सिनाले पनि पार्टी छाडिसकेका छन् । कारबाहीको तयारी भएपछि उनी आफैंले ‘रास्ता क्लियर’ गरिदिएका थिए । २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट उठेका रमेश खरेल पनि अहिले रास्वपामा छैनन् ।

प्रशिक्षण विभाग प्रमुख रहेका अनिलकेशरी शाह निष्क्रिय भइसके । केन्द्रीय सदस्य गणेश कार्कीमा पनि चरम असन्तुष्टी देखिँदै आएको छ । ठीक यही समय केन्द्रीय सदस्य रहेकी डा.तोसिमा कार्कीले पनि असन्तुष्टि पोख्दै पुनर्गठनको मुद्दा उछालेकी छन् ।

विस्तारित बैठकमा लिखित असहमति नै दर्ज गरिन् । तोसिमासँगै उपाध्यक्ष डा.स्वर्णिम वाग्ले पनि चुनावअघि कांग्रेसमै फर्किने चर्चा महामन्त्री गगन थापा निकटहरूमा चलेको छ ।

स्वर्णिमपछि मनिष झा र शिशिर खनालले पनि रास्वपा छाड्ने चर्चा चु्लिएको छ । रास्वपाले राजनीतिक मुद्दालाई भन्दा रवि लामिछाने जेल पर्नुलाई जनताको भावनामाथि खेल्ने साधन बनाएका कारण समस्या बढेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT