Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसाबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन -२ मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सफलभयो ।

जनकपुरको लागि निकोल लोफ्टी इन्टोनले सर्वाधिक ४१ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । लाहिरु मिलान्था २३, आसिफ शेख १३, कप्तान अनिलकुमार शाह ४, सन्जय कृष्णमुर्ति २० र मायन यादव ४ रनको योगदान दिए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ४ ओभरमा ११ खर्चेर सन्दीपले ४ विकेट लिए । सूर्य तामाङले २, मार्चेन डि लिंगेले र शिभम रन्जनेले एकरएक विकेट लिए । त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन बनाए । बसिर अहमद ३६, ओपनर लोकेश बम २८, जर्ज मुन्से १०, गप्टिल मार्टिन १३ र नारायण जोशी २ रनमा आउट भए । बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २ /२ र आदित्य मेहताले एक विकेट लिए । जनकपुर पहिलो खेलमा काठमाण्डु गोर्खाजसंग पराजित भएको थियो । विराटनगरले भने सुरुआती दुवै खेलमा जित निकालेको थियो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT