Techie IT
Thursday, June 11, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको

जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीलए)को दोस्रो संस्करणको १५ औँ खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डु १९.४ ओभरमा १४२ रन बनाउँदै अलआउट भएको हो।

काठमान्डु गोर्खाजका लागि जोन सिम्पनसनले सर्वाधिक ६० रन बनाए। उनले २९ बलमा ३ चौका र ५ छक्का सहित ६० रनको अर्धशतकीय पारी खेले।काठमान्डुले पहिलो विकेटको रूपमा ओपनर आकाश त्रिपाठीलाई रन आउटको रूपमा गुमायो। उनले ५ बलमा १ चौकासहित ४ रन बनाउँदै १.६ ओभरमा अर्जुन साउदको हातबाट डाइरेक्ट हिटमार्फत रनआउट भए।

दोस्रो विकेट वान डाउन आएका रसिद खानको विकेट गयो। उनी रञ्जित कुमारको बलमा रबि बोपाराको हातमा क्याच भए। उनले ६ रन मात्रै बनाए। तेस्रो विकेट अर्का ओपनर बेन चार्लेसवर्थको गयो। उनले १४ बलमा २ चौकासहित १३ रन बनाए। उनलाई सोहिल तान्भिरले रबि बोपाराको हातमा क्याच गराए।

काठमान्डुले पावरप्लेमा ३ विकेट गुमाउँदै ३९ रन बनाएको थियो। चौथो विकेटका लागि जोन सिम्पसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गर्दै टिमको स्कोर उकासे। चौथो विकेटको रूपमा मिलिन्द कुमारको विकेट गयो। मिलिन्दले ४३ बलमा ५ चौकासहित ३८ रन बनाए। उनले २६ रन बनाउँदा क्याच मिसको रूपमा जीवनदान पाएका थिए।

पाँचौं विकेटको रूपमा जोन सिम्पसनको विकेट गयो। १२२ मा ४ विकेट गुमाएको काठमान्डुले १३३ रन बनाउँदा ९ विकेट गयो। अन्तिम विकेटको रूपमा दिपेश कँडेल ५ बलमा ६ रन बनाउँदै क्याच आउट भए। छैटौं विकेटको रूपमा जेहरार्ड इरास्मस, मोहम्मद आदिल आलम र सन्तोष यादवको विकेट एकै ओभरमा गयो।

चितवनका लागि सोहिल तान्भिरले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २५ रन मात्रै खर्चिए। रञ्जित कुमार र कमल सिंह ऐरीले २–२ विकेट लिँदा रबि बोपाराले १ विकेट लिए






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT