Techie IT
Wednesday, July 22, 2026 | बुधबार, साउन ६, २०८३
२०८३ साउन ६, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रउर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत

उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत


काठमाडौं । प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी कान्छी प्राध्यापक उर्मिला प्याकुरेलको स्मृतिमा गठित प्रतिष्ठानले प्राज्ञिक क्षेत्रका चार र साहित्यिक क्षेत्रका एक जनालाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा त्रिवि गणित विभागबाट स्नातकोत्तर तहमा उत्कृष्ट छात्र गङ्गाराम जोशी र छात्रा विद्या पोखरेल छन् । उनीहरुलाई जनही २५ हजार रुपैयाँ र प्रमाणपत्रले पुरस्कृत गरिएको हो ।

त्यस्तै, उर्मिलाले अध्ययन गरेको सिन्धुपाल्चोकको बाघ भैरव मावि ठोकर्पाबाट २०८१ को एसइई परीक्षामा उत्कृष्ट सबिना बुढाथोकी र कालिका आधारभूत विद्यालय उखुबारीबाट २०८१ को परीक्षामा उत्कृष्ट दीपेश विश्वकर्मालाई व्रmमशः १५ हजार र १० हजार नगद तथा प्रमाणपत्रले पुरस्कृत गरियो ।

त्यसैगरी, उर्मिलाको साहित्यिक व्यक्तित्वको सम्मानमा दिइने साहित्यिक पुरस्कार महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गरियो । पुरस्कारको राशि २० हजार नगद र प्रमाणपत्र रहेको छ ।

सबै पुरस्कार समारोहका प्रमुख अतिथि त्रिवि गणित केन्द्रीय विभागका प्राडा शैलेन्द्रकुमार मिश्र, प्रतिष्ठानका अध्यक्ष प्राडा टङ्कनाथ धमला र सचिव उद्धवप्रसाद प्याकुरेलले प्रदान गरेका हुन् ।

साधारण सभामा प्रतिष्ठानका सचिव उद्धवप्रसाद प्याकुरेल र कोषाध्यक्ष नवराज सापकोटाले आआफ्नो प्रतिवेदन प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।

समारोहमा प्रमुख अतिथि प्राडा मिश्र, पुरस्कृतमध्येबाट विद्या पोखरेल र चन्द्रप्रसाद न्यौपाने, त्रिवि गणित केन्द्रीय विभागका सहप्राध्यापक तुलसी नेपाल, बाघभैरव माविका शिक्षक छत्रप्रसाद न्यौपाने, नेपाल जर्मन प्राज्ञिक संघका अध्यक्ष बबिता पौडेललगायतले प्राडा उर्मिलाले सानै उमेरमा गरेको उच्च प्राज्ञिक र साहित्यिक योगदानको चर्चा गरेका थिए ।

४२ वर्षमै प्राध्यापक हुनु भएकी प्याकुरेलको दुईवर्षअघि निधन भएको थियो । उनको उपचारका लागि सङ्कलित रकममा परिवारका सदस्यहरुबाट समेत थप गरेर ५० लाख रुपियाँसहित प्रतिष्ठान गठन गरिएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT