Techie IT
Tuesday, July 7, 2026 | मंगलबार, असार २३, २०८३
२०८३ असार २३, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रउत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक विषयमा सर्वोत्कृष्ट

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक विषयमा सर्वोत्कृष्ट


काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक विशेष समारोहबीच नगरपालिकाले सम्मानसँगै विद्यार्थीलाई पुरस्कार प्रदान गरेको हो ।

नगरपालिकाको मूल्यांकनमा स्थानीय ब्रह्मायणी माध्यमिक विद्यालयकी शिक्षक मिता भण्डारी ऐच्छिक द्वितीय विषयको सर्वोत्कृष्ट शिक्षक ठहरिएकीछिन् । उनलाई उक्त समारोहमा विशेष सम्मान प्रदान गरिएको थियो । त्यस्तै नगरपालिकाले तीनवटा विद्यालयका उत्कृष्ट प्रधानाध्यापक, २६ जना शिक्षक र १६ वटा विद्यालयलाई सम्मान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख विनोद कार्कीले जानकारी दिएका छन् ।

कार्कीका अनुसार ५ कक्षाका ३ जना, ८ कक्षाका १५ जना, एसईईमा उत्कृष्ट नतिजा ल्याएका ६५ जना र प्लस टूका ६ जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

कार्यक्रममा शिक्षा समिति सदस्य गोविन्द पराजुलीले आफ्ना पिता विमानन्द पराजुली र माता मनमाय पराजुलीको नाममा मण्डन देउपुर नगरपालीमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेका छन् ।

समारोहमा नगरपालिकाका मेयर टोकबहादुर वाइवा, उपमेयर विष्णुमणि नेपाल र प्रमुख प्रशाशकीय अधिकृत अमृतकुमार धितालले शैक्षिक अवस्था सुधारका लागि शिक्षकलाई प्रोत्साहन गर्न नगरपालिकाले कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

Techie IT