Techie IT
Thursday, June 26, 2025 | बिहीबार, असार १२, २०८२
२०८२ असार १२, बिहीबार
swarnapatra logo
गृहपृष्ठविचार/साहित्यझनपछि झन् उदांगिँदै रास्वपा !

झनपछि झन् उदांगिँदै रास्वपा !


काठमाडौं । केही दिनअघि रास्वपाकी सांसद सोविता गौतमले पोखरामा जारी आन्दोलनका क्रममा भाषण गर्दै भनिन्, ‘एउटा व्यक्ति रवि लामिछाने जेल जानु र नजानुले खासै ठूलो फरक पार्दैैन, तर यो सरकारको तानाशाही प्रवृत्तिका विरुद्ध लड्नै पर्छ साथीहरु !’ उनको भनाइले धेरै ताली पायो । कतिपयले सोवितालाई स्वर्गीय नेता मदन भण्डारीसँग तुलना गर्नसम्म भ्याए । त्यसै भाषणको बीचमा उनले प्रधानमन्त्री र नेपाल सरकारलाई ‘मुर्दावाद’ भनिन् । जसको चौतर्फी आलोचना भयो ।

यसरी सोविताको चर्चा नसेलाउँदै आइतबार रास्वपा उपसभापति डीपी अर्यालले गरेको अर्को भाषणको अंश चर्चामा छ । उनले भनेका छन्, ‘रवि लामिछाने बाँचुन्जेलसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो ।’ कतिपय रविभक्तले अर्यालको उक्त भाषणको पनि प्रशंसा गरेका छन् । ‘गुड लक रवि दाइ’ भन्दै सामाजिक सञ्जाल रंग्याएका छन् । यसैबीच सोविता र डिपीको भाषणको तुलना पनि हुन थालेको छ ।

तर प्रष्ट छ कि, सोविताको उक्त भाषणभन्दा डिपीको भाषणको अर्थ निकै खतरनाक छ । आन्दोलनरत पक्षले सत्तालाई ‘मुर्दावाद’ भन्नु स्वभाविकै मान्न सकिएला । तर एउटा व्यक्तिलाई देवत्वकरण गरेर आजीवन पार्टी सभापति स्वीकार्न तयार हुनु भनेको ‘दास मानसिकताको पराकाष्ठा’ हो । अझ, ‘जेल परे पनि हाम्रो पार्टी सभापति उहाँनै हो’ भन्नुले त डिपीको निरीहतासँगै नीच सोचलाई पुष्टि गर्छ । यहाँ बुझ्नपर्ने कुरा यो छ कि, रास्वपा सभापति लामिछाने कुनै राजनीतिक मुद्दामा पक्राउ परेका होइनन् ।

कुनै राजनीतिक आन्दोलनका क्रममा पक्राउ परेका पनि होइनन् । रास्वपाले जबरजस्त ‘प्रतिशोध’को लेप लगाएर रवि पक्राउलाई राजनीतिक रंग दिन खोजे पनि सचेत नागरिकले पत्याउनेवाला छैनन् । किनकि, रवि सहकारी ठगीमा पक्राउ परेका हुन् र उनीमाथि संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको छ ।

रवि मात्रै होइनन्, यहीं मुद्दामा चेक डिपोजिट गर्ने रोशनी गुरुङसँगै अरु थुप्रै हिरासतमा छन् । यहाँ अरुको बारे कसैलाई चासो, चिन्ता छैन । तर रविको मामलामा जुन रोइलो भइरहेको छ, त्यो राजनीतिक होइन । यसर्थ डिपीको भनाइको अर्थ हुन्छ– रवि अदालतबाट दोषी प्रमाणित भएर जेल गए भने पनि सभापति उनी हुन् । अर्थात्, जस्तै अपराध गरे पनि रास्वपाको सभापति रवि लामिछानेबाहेक अर्को व्यक्ति हुनै सक्दैन ।

कुनै राजनीतिक मुद्दामा पक्राउ परेका नेताले जेलभित्रै बसेर पार्टी र आन्दोलन चलाएको नजीर नभएको होइन । तर, ठगी मुद्दामा दोषी ठहर भए पनि राविलाई सभापति मान्ने भन्ने अर्यालको भनाइ निकै तल्लो स्तरको हो । विगतमा ‘नो नट अगेन’ भन्ने अभियान चलाएर र प्रचण्ड–ओलीले नेतृत्व कब्जा गरेको भनेर ओलचना गरेकै कारण लोकप्रियता कमाएको पार्टीका नेताले यो स्तरको अभिव्यक्ति दिनु लज्जाजनक विषय हो ।

हुनत, पार्टीभित्र कार्यवाहक सभापतिको विषयमा बढेको किचलोलाई मत्थर पार्न पनि डिपीले यस्तो भनेका हुनसक्छन् । तर, कारण जे–जे भए पनि डिपी जस्तो ‘दास मानसिकता’ले न देशलाई भलो हुन्छ, न रास्वपालाई नै ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’

देश र समाजलाई उज्यालो दिशातिर लैजान नेता बन्ने आकांक्षीले यथार्थपरक आत्ममूल्याङ्कन गर्नैपर्छ – म मान्छे बन्न सकेको छु कि छैन?

अखिल अध्यक्षमा सुजन कडरिया नै किन ?

अहिले अखिलको महाधिवेशनले माहोल तातेको छ । यसबीच अध्यक्षका लागि चार आकांक्षीहरु मैदानमा देखिए पनि सुजन कडरियाको संभावना बलियो बन्दै

अखिल महाधिवेशन: अध्यक्षमा दीपक धामीको पक्षमा तात्यो माहोल

एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु) को २४ औं महाधिवेशन आज काठमाण्डौको कीर्तिपुरमा सु्‌रु हुदैछ

लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि, संविधानको प्रतिफल र समृद्धिको यात्रा

नेपालको इतिहास संघर्ष, बलिदान र परिवर्तनको उचाइमा उभिएको छ। २००७ सालमा राणाशासनको अन्त्यसंगै प्रजातन्त्र स्थापनाको थालनी भयो। त्यसपछि २०१५ सालको

हिक्मतलाई हिम्मत दिने मदन

हिक्मतको यात्रा केवल चुनावी राजनीति होइन। उनले सधैँ संगठनलाई विचार र सेवाको संयोजनको रूपमा लिएका छन्। उनी विश्वविद्यालयभित्र भएका असमानता,

मौसमीसँगको अधुरो प्रेम

धनकुटाको चिसो बिहान । म झोला बोकेर बसपार्कमा उभिएको थिएँ, काठमाडौं जानका लागि । मनमा हजारौं विचारहरू वर्षात भइरहेको थियो

Techie IT