Techie IT
Wednesday, September 3, 2025 | बुधबार, भदौ १८, २०८२
२०८२ भदौ १८, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रचलचित्र विकास बोर्डको अध्यक्षमा करिश्मादेखि दिनेश डिसीसम्मको आँखा, कसले मार्ला बाजी ?

चलचित्र विकास बोर्डको अध्यक्षमा करिश्मादेखि दिनेश डिसीसम्मको आँखा, कसले मार्ला बाजी ?


काठमाडौं । चलचित्र विकास बोर्डको अहिलेका अध्यक्ष भुवन केसीको कार्यकाल यही साउन ९ गते सकिइसकेको छ । र, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान पनि भइसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका लागि योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनेको छ ।

सूचनाअनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ ।

विकास बोर्डमा सामान्यतया जसको सरकार छ, उही निकटको व्यक्तिले नियुक्ति पाउने परम्परा छ । जसअनुसार यसपटक नेकपा एमालेनिकट व्यक्ति नै बोर्डको अध्यक्ष हुने निश्चितजस्तै छ ।

यसपटक बोर्ड अध्यक्षका लागि सबैभन्दा बलियो दाबेदारका रुपमा देखिएका छन्, अभिनेत्री करिश्मा मानन्धर र निर्देशक दिनेश डिसी । उनीहरुसँगै अर्जुनकुमार डंगोल, दयाराम दाहाल र नरेन्द्र मर्हजनले आकांक्षा राखेका छन् । दाहाल पूर्व अध्यक्ष हुन भने महर्जन र डंगोल चलचित्र निर्माता तथा सिनेमा हल व्यवसायी हुन् । डीसी एमाले निकटका कलाकर्मीहरुको संगठनका अध्यक्ष हुन् । त्यस्तै नायिका मानन्धर २ वर्षअघि एमालेमा प्रवेश गरेकी हुन् ।

आधा दर्जनले आकाँक्षा राखेपनि डीसी र मानन्धरबीच नै टक्कर हुने देखिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै…

काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष

सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम…

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट चीन पुगेका

लेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका

विवादित रास्वपा उम्मेदवार लेखजंग थापाको नियतमाथि रास्वपाका नेता–कार्यकर्ताले नै शंका गरेका छन् । बहुपत्नीको आरोप खेपिरहेका थापाले पार्टीको बैठकमा उपस्थित

कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित

काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका

नेपाल आइडलको फाइनल आज, कसले मार्ला बाजी ?

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा

तपाईंको शरीरमा पनि बेला–बेला काँडा उम्रन्छ ? यस्तो हुनसक्छ कारण

काठमाडौं । जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ ।

Techie IT