Techie IT
Saturday, November 15, 2025 | शनिबार, कात्तिक २९, २०८२
२०८२ कात्तिक २९, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररवि र छविको मुद्दामा सुनुवाइ, रिहाइ हुने सम्भावना कति ?

रवि र छविको मुद्दामा सुनुवाइ, रिहाइ हुने सम्भावना कति ?


काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ ।

गत हप्ता उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा रविको मूल मुद्दाको प्रतिलिपि झिकाउने आदेश दिएपछि थप बहस भएको थिएन ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।

तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत

काठमाडौं । प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी कान्छी

स्काउटको जग्गामा पूर्वमन्त्री दीपक खड्काले बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको जग्गामा बनेको संरचनामा डोजर चलाएको छ । पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

सुमना श्रेष्ठलाई हर्क साम्पाङले गरे श्रम सँस्कृति पार्टीमा निम्तो

काठमाडौं । रास्वपा छाडेकी र कुलमानको पार्टीमा नअटेकी नेतृ सुमना श्रेष्ठलाई धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीमा आउन निम्तो दिएका

एमालेसँगै कांग्रेस पनि संसद पुनःस्थपनाकै पक्षमा उभियो, चलायो हस्ताक्षर अभियान

काठमाडौं । एमालेसँग नेपाली कांग्रेस पनि संसद पुनःस्थापनाकै पक्षमा उभिएको छ । एमालेले संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लिएर जाने

पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी ऋणमा डुबेपछि पैसा उठाउन नयाँ ट्याक्टिस अपनाएको छ । रास्वपाले रकम संकलनका लागि समानुपातिकतर्फ

Techie IT