Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रआईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना

आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना


काठमाडौं । नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले आदेश नदिएको बताएका छन् । यससँगै उनको चर्को आलोचना भइरहेको छ ।

खापुङले भदौ २३ र ३४ गतेको घटना जाँचबुझका लागि बनाएको आयोगसँगै विभिन्न सञ्चारमाध्यममा गएर उक्त दिन ओली र लेखकले गोली चलाउन आदेश नदिएको भन्दै स्पष्टीकरण दिइरहेका छन् । खापुङका अनुसार प्रहरीले त्यस दिन आफ्नो कर्तव्य पूरा गर्ने सिलसिलामा गोली चलाएको बताइरहेका छन् ।

त्यस दिन संसद भवनसँगै सार्वजनिक सम्पत्ति र आफ्नो ज्यान जोगाउनु नै प्रमुख कुरा भएकाले त्यसै सिलसिलामा प्रहरीले गोली चलाएको उनको भनाइ छ । प्रहरीले कर्तव्य पूरा गर्दा दश ठाउँमा जवाफ दिँदै हिँड्नुपर्ने हो भने देशमा प्रहरीकक संगठन नै खारेज गरे हुने खापुङको बुझाइ छ । यससँगै आइजिपी खापुङमाथि उनकै आदेशमा ड्युटीमा खटिएका प्रहरीले गोली चलाएको भन्ने आरोप पनि लागेको छ ।

फिल्डमा खटिएका एक अधिकृतका अनुसार भदौ २३ गते करिब १ बजेतिर आईजीपी खापुङले प्रहरी सञ्चारसेटबाट गोली चलाउन आदेश गरेका हुन् । प्रदर्शनकारी संसद् भवनमा केन्द्रित भएपछि खापुङले गोली चलाउन आदेश दिएको फिल्डमा खटिएका अधिकृतको भनाइ छ । आईजीपीको आदेशपछि संसद् भवनको सुरक्षामा खटिएको केन्द्रीय विशेष कार्यदलका सुरक्षाकर्मीले ननस्टप गोली चलाएको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयको मातहत रहेर संसद् भवनको सुरक्षामा परिचालित एसटीएफको कमाण्ड इन्स्पेक्टर सामन्त अधिकारीले गरेका थिए । संसद् भवन परिसरमा प्रहरी वरिष्ठ उपरीक्षकद्व सोमेन्द्र सिंह राठौर र दिप शमशेर जबरा पनि खटिएका थिए । जबरा उपत्यका प्रहरी कार्यालयको अप्रेसन कमाण्डर हुन् ।

जेनजी आन्दोलन सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले फिल्ड कमाण्डरहरूसँग बयान लिन थालेको छ । दङ्गा नियन्त्रण, आतङ्कवाद, अपहरण एवं प्रकोपमा परिचालित हुनेगरी गठन गरिएको कार्यदलका सुरक्षाकर्मीले उच्च क्षमताको तालिम लिएका हुन्छन् । सो फौज आधुनिक हातहतियार र फौजी संरचनामा परिचालित हुन्छ ।

जेनजी प्रदर्शनको सुरुको दिनमा कफ्र्यु आदेश जारी हुनु अघिसम्म लाठीचार्ज, अश्रुग्याँस, पानीको फोहरा, डमी राउण्ड र रबर बुलेटमात्र प्रहार गरिएको फिल्डमा खटिएका अधिकृतहरूले दाबी गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT