Techie IT
Friday, November 28, 2025 | बिहीबार, मंसीर ११, २०८२
२०८२ मंसीर ११, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि विकल्प खोज्ने भन्नेमा चर्को मतभेद

रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि विकल्प खोज्ने भन्नेमा चर्को मतभेद

रवि पक्षका नेतालाई डिफेन्स गर्नै सकस


काठमाडौ । कुनै बेला आमनेपालीको भरोसाको केन्द्र जस्तै बनेको रास्वपा अहिले नराम्ररी थलिएको छ । खासगरी जेन जी आन्दोलनका क्रममा पार्टी सभापति रवि लामिछानेले जेलब्रेक गरेसँगै रास्वपामा मतभेद बढेको हो ।

केही समय अघिदेखिनै सहकारी ठगीमा जेल परेका पार्टी सभापति रवि लामिछानेको विकल्प खोज्नुपर्ने विषयमा रास्वपाभित्र बहस चलेकै थियो । पार्टीभित्रको एउटा ठूलो पंक्तिले सभापतिको विकल्प खोज्नुपर्ने आवाज उठाए पनि रविको लोकप्रियताका अगाडि त्यो फिक्का भएको थियो । तर जब भदौ २४ गते जेलब्रेक गरेर रविलाई बाहिर निकालियो, तब रास्वपाको ओरालो यात्रा सुरु भयो ।

यो विषयले पार्टी भित्र र बाहिर नै ठूलो तरंग ल्याइदियो । रविको जेलब्रेकपछि थुप्रै रास्वपाका नेता तथा कार्यकर्ताले पार्टी छाडिसकेका छन् । यसै परिस्थितिबीच अहिले पनि रास्वपाभित्र सभापतिको रास्वपाको विकल्प खोज्ने कि नखोज्ने भन्नेमा चर्को मतभेद छ । यसअघि जे पनि कुरामा प्रतिक्रिया दिन हतार गर्ने रास्वपाका नेताहरु पनि अहिले मौन छन् ।

किनकि, पार्टीभित्र बढेको द्वन्द्वका कारण उनीहरुको मुखमा बुजो लागेको छ । रास्वपाभित्र बढेको अन्तरद्वन्द्वको परिणाम हो, बिहीबार सार्वजनिक भएको एउटा समाचार । रविको ठाउँमा कुलमानलाई ल्याउने भन्ने उक्त समाचार नियोजित भएको बुझ्न कठिन छैन । काठमाडौं महानगरका मेयर बालेन साहको समेत समर्थनमा कुलमानलाई रास्वपाको सभापति बनाउन लागिएको भनिएको उक्त समाचारको न्यारेसन रास्वपाकै एक तहका नेताहरुले तय गरेको बुझिएको छ ।

खासगरी रास्वपाको ‘एन्टी रवि’ समूहले रविलाई कमजोर पार्न उक्त न्यारेटिभ सेट गरेर मिडिया ट्रायल गरेको रास्वपाकै नेताहरुले बताउन थालेका छन् । स्रोतको हवला दिएको सार्वजकि गरिएको उक्त समाचारको विपक्षमा रास्वपाले आधिकारिक रुपमा त कुनै आपत्ति जनाएको छैन, तर रवि लामिछानेको अतिविश्वासिला पात्र भनेर चिनिएका दीपक बोहोराले उक्त समाचारको खण्डन गरेका छन् ।

त्यस्तै रविका अर्का निकटस्थ पात्र प्रमोद न्यौपानेले पनि उक्त समाचार भ्रामक भएको उल्लेख गरेका छन् । अझ प्रष्टसँग भन्ने हो भने, पार्टी उपसभापति डिपी अर्यालसहित केही नेताहरु रविलाई नै सभापति मानेर अघि बढ्नुपर्ने लाइनमा अडिग छन् भने स्वर्णिम वाग्लेसहितका नेताहरु रविको विकल्प खाज्नैपर्ने निष्कर्षमा पुगेका छन् । यसरी रविलाई सभापतिमा कायम राख्ने कि विकल्प खोज्ने भन्ने विषयले रास्वपा फुटको नजिक पुगेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका

सक्रिय राजनीतिमा देउवको कमब्याक, चुनावको टिकट उनैले बाँड्ने

काठमाडौं । कांग्रेसले आगामी निर्वाचनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।

सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री भएको ओलीको भनाई , सबै निर्णय…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ दिएका छन् ।

बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि…

सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले

नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, जिल्लास्तरीय प्रतिस्पर्धामा छनोट

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका स्तरीय नृत्य प्रतियोगितमा दुवाकोटस्थित गोल्डेन सुनगाभा विद्यालय प्रथम भएको छ । चाँगुनारायण प्याब्सनले मंगलबार आयोजना

Techie IT