Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु,एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन

सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु,एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई रोक्न भन्दै जेन-जीका नाममा गरिएको प्रदर्शन उग्र बनेपछि सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराले बुधबार दिउँसो १२ः३० बजेदेखि बेलुका ८ः०० बजेसम्म सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

जारी आदेशअनुसार जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र निम्न स्थानहरूमा पाँचजना वा सोभन्दा बढी व्यक्ति भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा बैठक गर्न वा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

गण्डक नहरदेखि पथलैया सडक खण्ड (राजमार्ग) को दायाँ बायाँ ५०० मिटरसम्मको क्षेत्र र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्मको क्षेत्रमा कर्फ्यु लागेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा हस्ताक्षरित आदेशमा सिमरा विमानस्थल आसपासमा जेन–जे युवाहरूको प्रदर्शन र विभिन्न राजनीतिक दल आवद्ध समूहहरूबीच झडप भएको तथा सरकारी र निजी सम्पत्तिमा क्षति हुन सक्ने जोखिम बढेपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम कर्फ्यू लगाइएको जनाइएको छ।

कर्फ्यू अवधिभर अत्यावश्यक सेवाहरू भने सञ्चालन रहनेछन्। एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकट देखाएर विमानस्थल जानेरआउने यात्रुहरूलाई सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ।

स्थानीय प्रशासनले सबै पक्षलाई शान्ति कायम गर्न र कर्फ्यू आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ। कर्फ्यू उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ। एमालेको कार्यक्रममा सहभागी हुन नेताद्वय पोखरेल र बस्नेत बारा पुग्ने थाहा पाएपछि त्यहाँस्थित एउटा समूहले जेन जीका नाममा तोडफोड र प्रदर्शन गरेको हो । जेन जीका नाममा उत्रिएको यो समूहले एमालेको कार्यक्रम बिथोल्ने गरी विमानस्थलमै प्रदर्शन गरेको छ। विमानस्थलमा खटिएको प्रहरी र जेन-जीका नाममा उत्रिएको उक्त समूहबीच झडपसमेत भएको छ । सिमरा विमानस्थलमा तनाव भएपछि काठमाडौंबाट उड्न लागेको बुद्ध एयरको जहाज नै रोकिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT