Techie IT
Friday, November 28, 2025 | बिहीबार, मंसीर ११, २०८२
२०८२ मंसीर ११, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमुद्दाको टुंगो नहुन्जेल रविले सभापति पद छोड्नु पर्ने रास्वपाको माग

मुद्दाको टुंगो नहुन्जेल रविले सभापति पद छोड्नु पर्ने रास्वपाको माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सहकारी ठगीमा नख्खु जेलमा रहेका सभापति रवि लामिछानेले पद छाड्नुपर्ने आवाज उठेको छ। मंगलबार बसिरहेको केन्द्रीय समिति बैठकमा सहकारी ठगीसम्बन्धी मुद्दाको कानुनी निरूपण नभएसम्मका लागि लामिछानेले सभापति छाड्नुपर्ने प्रस्ताव आएको हो ।

केन्द्रीय कार्यालय चःमतीमा जारी बैठकमा प्रदेश सभापतिहरूले मुद्दा किनारा नलागेसम्मलाई रविले पद छाड्नुपर्ने प्रस्ताव राखेका हुन् । रास्वपाका सुदूरपश्चिम सभापति प्रकाश विष्ट, कोशीका सभापति सरिन तामाङ, लुम्बिनीका सभापति देवराज पाठक र गण्डकीका सभापति राजन गौतमले बैठकमा उक्त प्रस्ताव राखेका हुन् ।

अन्य तीनवटा प्रदेशका सभापतिहरू भने यसबारेमा मौन बसेको बैठकमा सहभागी एकजना नेताले बताएका छन् । उनीहरू चारैजनाले विभिन्न पाँचवटा जिल्लामा रहेका सहकारी ठगीसम्बन्धी मुद्दाको किनारा लागेपछि मात्रै रविले सभापतिका रुपमा काम गर्नु उचित हुने धारणा राखेका हुन् ।

एक नेताका अनुसार केन्द्रीय सदस्य रहेका प्रदेश सभापतिहरूले प्रदेशबाट राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा रविले सभापति पद छाड्नुपर्ने कुरा उठाएका हुन् । त्यसैगरी बैठकमा गत भदौ २४ गते हुलदंगा गर्दा ललितपुरस्थित नख्खु कारागारबाट रवि निस्किएको विषय पनि उठाएका छन् ।

रविलाई निकाल्न उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, सांसदहरू गणेश पराजुली र हरि ढकालसहित पुगेको विषयलाई लिएर बैठकमा कुरा उठाइएको हो ।

प्रवक्ता झाले रविलाई रिहाइका नाममा आफूहरू नख्खु जानुलाई गल्तीका रुपमा सार्वजनिक रूपमै स्वीकारिसकेका छन् । उनले त्यसबेला गम्भीर गल्ती भएकाले अब सँच्चिएर जानुपर्ने बताइसकेका छन् ।

रविमाथि अहिले पनि सहकारी ठगी र संगठित अपराधसहित विभिन्न मुद्दा चलिरहेको छ । रवि अहिले बुटवलस्थित सुप्रिम सहकारीको बचत रकम ठगी प्रकरणमा नख्खु कारागारमा छन् ।

उनी भदौ २४ गते हुलहुज्जत गरेर नक्कली कागजका आधारमा जेलबाट निस्किएका थिए । तर त्यसबेला आन्दोलित जेन(जीसहितले गैरकानुनी रुपमा जेलबाट निस्किएको भन्दै रविलाई त्यतै फर्किन दबाब दिएपछि अहिले उनी थुनामै छन् ।

यता प्रवक्ता मनिष झाका अनुसार मंगलबार जारी बैठकमा विभिन्न ७ वटा एजेन्डामा छलफल भइरहेको छ ।

एजेन्डाहरू

१. समसामयिक अवस्था र बैठक बारे ।
२. प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत ९सभापतिहरूको तर्फबाट० ।
३. परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा ।
४. पार्टी संगठन एवम् विभाग सम्बन्धमा ।
५. आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा ।
६. पार्टीको ऐतिहासिक महाधिवेशन सम्बन्धमा ।
७. विविध ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका

सक्रिय राजनीतिमा देउवको कमब्याक, चुनावको टिकट उनैले बाँड्ने

काठमाडौं । कांग्रेसले आगामी निर्वाचनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।

सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री भएको ओलीको भनाई , सबै निर्णय…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ दिएका छन् ।

बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि…

सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले

नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, जिल्लास्तरीय प्रतिस्पर्धामा छनोट

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका स्तरीय नृत्य प्रतियोगितमा दुवाकोटस्थित गोल्डेन सुनगाभा विद्यालय प्रथम भएको छ । चाँगुनारायण प्याब्सनले मंगलबार आयोजना

Techie IT