Techie IT
Friday, November 28, 2025 | बिहीबार, मंसीर ११, २०८२
२०८२ मंसीर ११, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररूपन्देही–३ को उपचुनावमा होमियो रास्वपा

रूपन्देही–३ को उपचुनावमा होमियो रास्वपा


काठमाडौं । रूपन्देही–३ मा कात्तिक १७ गते हुने उपचुनावका लागि रास्वपाले व्यापक तयारी अघि बढाएको छ । यससँगै रास्वपामा उम्मेदवारका आकांक्षीको लर्को लागेको छ ।

यहाँ रास्वपाले अनलाइन प्रणालीबाट आकांक्षीहरूको आवेदन माग गरेको छ । तर अहिलेसम्म कस–कसले आवेदन दिए भन्ने खुलेको छैन । यद्यपि, कम्तीमा १० जनासम्म आकांक्षी पुग्ने आकालन गरिएको छ ।

बुझिएअनुसार अहिलेसम्म पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, प्रदेश सदस्य र ०७९ का उम्मेदार जेपी गुप्ता (शेखर), रूपन्देही क्षेत्र नं ३ का सभापति मधु अर्याल, प्रदेश सदस्य प्रकाश ज्ञवाली, प्रदेश विभाग सदस्य डा.योगेन्द्र अग्रहरी, महिला नेतृ ज्ञानु पौडेल, पार्टीको जिल्ला कोषाध्यक्ष रहेकी भैरहवाकै रचना थापा, डा. लेखजंग थापा, अमेरिकाबाट निर्वाचनकै लागि आएका बुटवल सेमलारका शुलभ खरेल, भैरहवाका पार्थीवेन्द्र उपाध्यायको नाम चर्चामा छ ।

सुरूमा रूपन्देही बाहिरका पनि उम्मेदवार उठाउन सक्नेगरी छलफल चलाइएको थियो । तर, बाहिरी उम्मेदवार बनाउँदा राम्रो सन्देश नजाने भन्दै अहिले नेताहरूले स्थानीय उम्मेदारलाई नै प्राथमिकता दिएका छन् । अहिलेसम्म आकांक्षी आफैँले दाबेदारी गरेका छैनन् ।

पार्टीको विधिभन्दा बाहिर गएर पहिले प्रचार नगर्न नेताहरूले पहिले नै निर्देशित गरेका थिए । रास्वपाले यसअघि राप्रपा दिवंगत नेता दीपक बोहराका छोरा पाइलट गौरव बोहरालाई अघि सार्न खोजेको थियो । यसअघिको उपनिर्वाचनमा रास्वपाले तनहुँ र चितवनमा सफलता पाएपनि इलाम र बारामा पराजय भोगेको थियो ।

अहिले रूपन्देही–३ उपचुनावलाई संगठन विस्तार र पुनः जनमत निर्माणको अवसरका रूपमा लिएको नेताहरूले बताएका छन् । रास्वपाले निर्वाचन जित्ने लक्ष्य बनाएपनि अहिले चर्चामा रहेकाहरूबाट मूल नेतृत्व सन्तुष्ट छैन । यो बीचमा जिल्ला बाहिरबाट प्रभावशाली नेता आउनसक्ने संभावना पनि यथावत छ ।

अहिले संसदीय दल वैठकको बहानामा आएका रास्वपा शीर्ष नेताहरू उपचुनाव केन्द्रित हुँदै लगातार रूपन्देही–३ का विभिन्न स्थानमा पुगेका छन् ।

भैरहवा कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग समेत भेटेका उनीहरूले उपचुनाव मुख्य विषय भएको प्रतिक्रिया दिएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका

सक्रिय राजनीतिमा देउवको कमब्याक, चुनावको टिकट उनैले बाँड्ने

काठमाडौं । कांग्रेसले आगामी निर्वाचनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।

सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री भएको ओलीको भनाई , सबै निर्णय…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ दिएका छन् ।

बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि…

सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले

नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, जिल्लास्तरीय प्रतिस्पर्धामा छनोट

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका स्तरीय नृत्य प्रतियोगितमा दुवाकोटस्थित गोल्डेन सुनगाभा विद्यालय प्रथम भएको छ । चाँगुनारायण प्याब्सनले मंगलबार आयोजना

Techie IT