Techie IT
Tuesday, October 14, 2025 | सोमबार, असोज २७, २०८२
२०८२ असोज २७, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु

कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु


कालिकोट । नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको योजना, कर्णाली प्रदेश पार्टी स्कुल विभागको समन्वय तथा कालिकोट जिल्ला कमिटीको आयोजनामा जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ।

तीन दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा एमालेका उपमहासचिव तथा केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले गरेका छन् ।

कार्यक्रम उद्घाटनका क्रममा उपमहासचिव ज्ञवालीले कर्णाली प्रदेश सांस्कृतिक तथा प्राकृतिक हिसाबले अत्यन्त समृद्ध रहेको बताउँदै अब समग्र विकास र समृद्धिका लागि पार्टी पंक्ति एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । विकास र परिवर्तनका लागि वैचारिक स्पष्टता अत्यावश्यक भएको उल्लेख गर्दै उनले यस प्रकारका प्रशिक्षण कार्यक्रमले त्यो उद्देश्य प्राप्त गर्न सहयोग पुर्यार्उने विश्वास व्यक्त गरे ।

ज्ञवालीले भौगोलिक विकटताका बाबजुद कर्णालीमा विकासको अपार सम्भावना रहेको उल्लेख गर्दै अब कर्णालीको ‘पछाडि परेको’ भन्ने पहिचान परिवर्तन गर्नुपर्ने धारणा राखे । उनले अर्गानिक उत्पादन, साहसिक पर्यटन र प्राकृतिक सम्पदामा भरपुर कर्णाली प्रदेश तथा कालिकोटलाई समृद्ध बनाउने अभियानमा पार्टी लाग्नुपर्नेमा जोड दिए ।

प्रशिक्षण कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, केन्द्रीय पार्टी स्कुल विभाग सचिव घनश्याम कोइराला, राजबहादुर बुढा, सुन्दर लामिछाने, गेहेन्द्र दाहाललगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

कर्णाली प्रदेशभर सञ्चालन गरिँदै आएको जिल्ला स्तरीय प्रशिक्षण शृङ्खलाअन्तर्गत कालिकोट छैठौँ जिल्ला हो। यसअघि दैलेख, सुर्खेत, हुम्ला, मुगु र जुम्लामा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन…

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले

उज्यालो अभियानका नाममा कुलमान घिसिङले अध्याँरा कर्तुत गरेको आरोप, गुम्बा…

काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् उज्यालो अभियानका अभियन्ता भनिने कुलमान घिसिङलाई भ्रष्टाचार र अनियमिताका गम्भीर आरोप लागेका छन् । भाइहरुका

बाँकेमा ड्युटीका प्रहरीनै जुवाको खालबाट समातिए, वरिष्ठ सईसहित १४ जनाबाट…

काठमाडौं । बाँके प्रहरीले ड्युटीमा खटिएका वरिष्ठ सईसहित १४ जना जुवाडेदाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज ४ का

रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि…

कुनै बेला आमनेपालीको भरोसाको केन्द्र जस्तै बनेको रास्वपा अहिले नराम्ररी थलिएको छ । खासगरी जेन जी आन्दोलनका क्रममा पार्टी सभापति

अमेरिकी युथ काउन्सिलकी सदस्य रक्षा बमले भनिन्– सिंहदरबार जलिरहँदा खुसी…

काठमाडौं । आफू अमेरिकी युथ काउन्सिलकी सदस्य रहेको स्वीकारेकी जेन जी अभियन्त रक्षा बमले सिंहदरबार जल्दा खुसी मनाएर आफू गल्ती

पोखरामा लौरो चिह्नबाट चुनाव लडेका गणेश पौडेल भन्छन्– बालेनले देशको…

काठमाडौं । बालेन साहसँगै पोखरामा लौरो चुनाव चिह्न लिएर मेयर लडेका गणेश पौडेलले बालेन साहको प्रशंसा गरेका छन् । उनले

Techie IT