Techie IT
२०८१ माघ ६, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख

मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सिकोलास्थित मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाले बदनियतपूर्वक आफ्ना सदस्यको सेयर बचत तथा लाभांश रकम फिर्ता नगरेको पाइएको छ । लामो समयदेखि उक्त सहकारी छाडि सकेका सदस्य विनोद पराजुली, श्रीमती जानुका पराजुली र छोरी बिनु पराजुलीको नाममा रहेको करिब ३२ लाख रुपैयाँ सहकारीले नदिएको पीडित पराजुलीले वताएका छन् ।

सहकारी छाडिसकेपछि पटक–पटक आफ्नो शेयर बचत तथा लाभांश फिर्ताका लागि सबै प्रकृया पूरा गरेर अनुरोध गरेपनि हालसम्म कुनै पनि रकम फिर्ता नगरिएपछि आफूहरु अन्यायमा परेको पराजुली परिवारले बताएको छ ।

पटक–पटकको छलफलमा फिर्ता गर्छु भन्ने सहकारीका वर्तमान अध्यक्ष अनसन शाखले रकम फिर्ता नगरेका मात्रै हैनन्, उनका परिवारका सबै सदस्यहरुको खातानै रोक्का गरीदिएका छन् । सहकारीका अन्य सन्चालक तथा कर्मचारीहरुले रकम फिर्ता गर्न कुनै समस्या नरहेको वताउदै आएपनि अध्यक्ष शाखले बदनियतपूर्वक आफ्नो ठूलो हिस्साको रकम ठगी गर्न खोजेको पराजुलीको आरोप छ ।

पछिल्लोपटक काठमाडौं महानगरपालिकामै भएको दुईपक्षीय छलफलमा पनि अध्यक्ष शाखले तुरुन्तै रकम फिर्ता गर्ने सहमति गरेका थिए । ‘तर बर्षौं बितिसक्यो रकम फिर्ता भएन’, भने ।

अनेकौं प्रयासका बाबजुत पनि रकम फिर्ता नभएपछि आफू मिडिया र कानूनी उपचारको माध्यम लिन बाध्य भएको पराजुली परिवारले वताएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

के साँच्चै सन्दिपले क्रिकेटबाट सन्यास लिन लागेका हुन् ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले माहोल तातेको छ । उनले सामाजिक

अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेको अध्यादेश जारी हुनासाथ संसद्को बैठक बोलाउने तयारी गरेको छ । सरकारले पठाएका

धादिङको जन्मदर्ता किर्ते प्रकरण: लापरबाही र मानव अधिकार उल्लंघनको गम्भीर…

काठमाडौं । धादिङ जिल्लाको धुनीबेशी नगरपालिका वडा नम्बर ४ मा जन्मदर्ता किर्ते गरी जग्गा बिक्री गरिएको घटनाले कानूनी र नैतिक

युरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर

काठमाडौं । पछिल्लो समय युरोपका विभिन्न मुलुकमा उच्च शिक्षाको आकर्षण बढिरहेको सन्दर्भमा वेदान्त कन्सलटेन्ट, नयाँ बानेश्वरले ती मुलुकमा जान चाहने

संघीय मन्त्रीको दाबी- सडकका खाल्डा हामीले पुर्यौं, जस बालेनले पाए

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडकका खाल्डाखुल्डी आफूहरुले पुरेको तर जसचाहिँ काठमाडौं महानगरका मेयर बालेन शाहले

माओवादी नेता पुन भन्छन्- सरकारले रविमाथि राजनीतिक पूर्वाग्रह राखेकै हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएका

Techie IT