Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रअपर मेवाखोला जलविद्युत आयोजनाले गर्यो वित्तीय व्यवस्थापना सम्झौता

अपर मेवाखोला जलविद्युत आयोजनाले गर्यो वित्तीय व्यवस्थापना सम्झौता

ग्लोबल आइएमई र लक्ष्मी सनसाइज बैंकले गर्ने भए लगानी


काठमाडौं । ताप्लेजुङमा बन्न लागेको ३१.९२ मेगावाट क्षमताको अपर मेवाखोला जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । बिहीबार आयोजना प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ र बैंकहरुबीच वित्तीय सम्झौता सम्पन्न भएको हो ।

आयोजनामा ग्लोबल आइएमई बैंक र लक्ष्मी सनराइज बैंकले ऋण लगानी गर्नेगरी सम्झौता सम्पन्न भएको हो । आयोजना निर्माणका लागि बैंकहरुले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्ने उल्लेख छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेस अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेस अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका छन् ।

आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ३७ करोड रूपैयाँ रहेको छ । सम्झौताअनुसार आयोजनामा बैंकहरूले ७५ प्रतिशत ऋण लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत लगानी सौर्य होल्डिङले हकप्रद सेयरमार्फत उठाएको पुँजीबाट गर्ने उल्लेख छ । निर्माण सुरू भएको मितिबाट तीन वर्षभित्र आयोजना सम्पन्न गरिने लक्ष्य राखिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने तयारी, सरकारको निर्णय स्वागतयोग्य

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय (EV) मा रूपान्तरण गर्न कानुनी व्यवस्था गर्ने निर्णय

सुनको भाउले रच्यो इतिहास, पुग्यो तोलाकै ३ लाख नौ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल

एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा

सुनचाँदीको मूल्य घट्यो,२ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी

सुनको मुल्य एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३…

बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से

Techie IT