Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रआयो १९ खर्ब ६४ अर्बको बजेट: कार्यक्रम लोभलाग्दा, कार्यान्वयनमा शंका

आयो १९ खर्ब ६४ अर्बको बजेट: कार्यक्रम लोभलाग्दा, कार्यान्वयनमा शंका


काठमाडौं । सरकारले लोडसेडिङको विषयलाई बजेट बक्तव्यमै समेटेको छ । बिहीबार बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले लोडसेडिङबारे जानकारी दिएका हुन् । अर्थमन्त्री पौडेलका अनुसार अब विद्युत आपूर्ति बन्द भएमा स्वचालित रूपमा सूचना पाउने प्रणाली विकास गरिनेछ । त्यसपछि प्राविधिकहरुलाई तत्काल मर्मतका लागि खटाइनेछ ।

त्यस्तै सरकारले काठमाडौंंमा मेट्रोरेल र मनोरेल सञ्चालन गर्ने योजना रहेको जनाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौंं उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित गर्न यी विकल्प खोजिन थालेको बताएका हुन् । त्यस्तै अर्थमन्त्री पौडेलले अध्ययन सम्पन्न भएका सुरूङमार्गहरू दुम्किवास, बर्दघाट, खुर्कोट, बबई, शक्तिखोर हेम्जा, नयाँ पुल, कुलेखानी–भीमफेदी, धरान लेउतीको निर्माणको लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइने बताएका छन् ।

बजेटमार्फत सरकारले कर्मचारीको तलब भने नबढाउने जनाएको छ । अर्थमन्त्री पौडेलले कर्मचारीको तलब बढाउन नसकिए पनि महंगी भत्ता ५ हजार रुपैयाँसम्म बढाइएको बताएका छन् । बिहीबार सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । अर्थमन्त्री पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।

सरकारले चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६०.१ प्रतिशत हो । पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन भएको छ । यो कुल बजेटको २०.८ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.१ प्रतिशत हो । त्यस्तै यस वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ । चालु आर्थिक वर्षमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण भएको थियो । खर्च बेहोर्ने स्रोततर्फ राजस्वबाट सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड सङ्कलनको लक्ष्य राखेको छ । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब सङ्कलन गर्ने लक्ष्य रहेको छ । वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड जुटाउने अर्थ मन्त्री पौडेलले जानकारी दिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने तयारी, सरकारको निर्णय स्वागतयोग्य

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय (EV) मा रूपान्तरण गर्न कानुनी व्यवस्था गर्ने निर्णय

सुनको भाउले रच्यो इतिहास, पुग्यो तोलाकै ३ लाख नौ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल

एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा

सुनचाँदीको मूल्य घट्यो,२ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी

सुनको मुल्य एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३…

बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से

Techie IT