Techie IT
Thursday, November 27, 2025 | बिहीबार, मंसीर ११, २०८२
२०८२ मंसीर ११, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते चुनाव, कुन गुटका को–को ?

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते चुनाव, कुन गुटका को–को ?


काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान हुँदैछ । अन्यत्र जस्तै सिन्धुपाल्चोकमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर एकमा ५ र दुईमा ४ खुला सदस्यका लागि २२–२२ जनाको उम्मेदवारी छ । त्यस्तै क्षेत्र नम्बर १ मा तीन महिला सदस्यका लागि ७ र दुईमा २ महिलाका लागि ९ जनाको उम्मेदवारी परेको छ । ४० वर्षमुनिको एक–एकजना प्रतिनिधिका लागि ३ र ७ जनाको उम्मेदवारी परेको सिन्धुपाल्चोक एमालेले जनाएको छ ।

एमालेका अनुसार एक दलित सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ । शुक्रबार साँझसम्म सहमतिको प्रयास गर्ने र सहमति नभए चुनाव गर्ने तयारी भएको बताइएको छ । क्षेत्र नम्बर एकको लागि खाडिचौर र दुईको लागि मेलम्चीमा मतदान हुनेछ । केन्द्रमा अहिलेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने निश्चित भएपछि प्रतिनिधि छनोटको विषयलाई पनि निकै महत्वका साथ हेरिएको छ ।

सिन्धुपाल्चोकबाट केन्द्रमा प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्यत्रय सरेश नेपाल, सुवास कर्माचार्य र दावा तामाङसँगै पार्टी जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ ओली पक्षका हुन् भने केन्द्रीय सल्लाहकार परिषद अध्यक्ष अमृतकुमार बोहोरा र पोलिट्ब्यु्रो सदस्य अरुण नेपालसँगै पार्टी जिल्लाका अधिकांश पदाधिकारी पोखरेललाई चुनाव जिताउने लाइनमा छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा…

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको

ह्वात्तै बढ्यो चिसो, एक सातामै घट्यो ३ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री

तत्कालका लागि फुट्नबाट जोगिने भयो कांग्रेस, पुसभित्रै नियमित महाधिवेशन गर्ने…

काठमाडौं । तत्कालका लागि फुटको जोखिमबाट कांग्रेस उम्किएको छ । बुझिएअनुार पुसभित्रै नियमित महाधिवेशन गर्न नेताहरु सहमत भएसँगै कांग्रेस फुटबाट

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक

पछिल्लो समय अहिलेको सरकारले जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जेलमुक्त गर्न गृहकार्य थालेको बुझिएको छ ।

Techie IT