Techie IT
Friday, November 28, 2025 | शुक्रबार, मंसीर १२, २०८२
२०८२ मंसीर १२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक

रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक


काठमाडौं । पछिल्लो समय अहिलेको सरकारले जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जेलमुक्त गर्न गृहकार्य थालेको बुझिएको छ । रविप्रति सकारात्मक रहेको भनिएको अहिलेको सुशीला कार्की नेतृत्वको सरकारले पछिल्लो समय चाहिँ रविलाई जेलमुक्त गर्न गृहकार्य नै थालेको बुझिएको छ ।

प्रधानमन्त्री कार्कीसँगै मन्मिण्डलका अधिकांश सदस्य रविलाई जेलमुक्त गर्न सकारात्मक भए पनि केही कानूनी अड्चनका कारण अप्ठेरो भएको भनिएको छ । जुन कुरालाई केही दिनअघि ऊर्जामन्त्री कुलमान घिसिङले एक टेलिभिजन अन्तरवार्तामा पनि बताएका थिए । रविलाई अघिल्लो सरकारले प्रतिशोध साँधेर फसाएको मन्त्री घिसिङको भनाइ थियो ।

अहिलेको सरकारले चाहने हो भने रविविरुद्धको मुद्दा फिर्ता लिन पनि सक्छ । तर, कानूनी अप्ठेरोका कारण अहिलेसम्म आनाकानी भइरहेको बताइए । सरकारले सकेसम्म अदालतबाटै रवि लामिछाने रिहा भए राम्रो हुने चाहिरहेको छ । तर, अदालतको फैसलाबाट रिहा हुने अवस्था नभए सरकारले मुद्दा फिर्ता लिनुपर्ने हुन्छ । तर, रविको मुद्दा फिर्ता लिँदा गलत नजिर बस्ने जोखिम पनि छ ।

यदि सरकारले रविको मुद्दा फिर्ता लिएर जेलमुक्त गर्न नसक्ने हो भने यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक प्रतिशोध साँधेर थुनेको भन्ने आरोप पुष्टि हुन सक्दैन । हुनतः रविविरुद्ध एक ठाउँमा मात्रै मुद्दा छैन । धेरै वटा मुद्दामा धेरै वटा अदालतमा उजुरी छ । एउटा अदालतले सफाइ दियो भने पनि अर्को अदालतको आदेशले पक्राउ पर्ने सम्भावना छ ।

कतिपयले भावुक पारामा रवि निर्दोश भएको तर्क गर्छन् । तर त्यो पनि ठिक होइन । किनकि, अदालतले निर्दोश नदेखेकै कारण थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा राखेको छ ।

जब रविले आफ्नो भागमा परेको बिगो तिरेर थुनामुक्त हुन पाउँ भनेर मुद्दा हाले, तब उनी दोषी भएको सम्भावना झन् बढ्यो । पछिल्लोपटक उनी थुनामा परेको पनि उनी आफैंले हालेको मुद्दाका कारण हो । धरौटी रकम बढी भयो भनेर हालेको मुद्दामा नै उनले पुर्पक्षका लागि थुनामा जाने आदेश भएको हो । त्यसैले रविलाई अरुले फसाउन खोजेको भन्ने कुरामा पनि खासै दम छैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा…

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको

ह्वात्तै बढ्यो चिसो, एक सातामै घट्यो ३ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री

तत्कालका लागि फुट्नबाट जोगिने भयो कांग्रेस, पुसभित्रै नियमित महाधिवेशन गर्ने…

काठमाडौं । तत्कालका लागि फुटको जोखिमबाट कांग्रेस उम्किएको छ । बुझिएअनुार पुसभित्रै नियमित महाधिवेशन गर्न नेताहरु सहमत भएसँगै कांग्रेस फुटबाट

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

Techie IT