Techie IT
Friday, November 28, 2025 | शुक्रबार, मंसीर १२, २०८२
२०८२ मंसीर १२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपामा जेन–जी आन्दोलनको ‘खतरनाक साइड इफेक्ट’

रास्वपामा जेन–जी आन्दोलनको ‘खतरनाक साइड इफेक्ट’

चार प्रदेश समिति सभापतिसहित थुप्रै नेता रवि लामिछानेको विकल्प खोज्नुपर्ने लाइनमा, मनिष झा पनि रविको विपक्षमा उभिए


काठमाडौं । अहिले जताततै जेन–जी आन्दोलनको असर देखिइरहेको छ । अर्थतन्त्रदेखि शासन व्यवस्थासम्म हल्लाएको जेन जी आन्दोलनको सबैभन्दा ठूलो साइड इफेक्ट परेको छ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा । यतिसम्म कि, जेन जी आन्दोलनले वैकल्पिक शक्ति भनिएको देशको चौथो ठूलो दल रास्वपालाई कतै फुटको दिशातिर धकेलिरहेको त छैन ? भन्ने प्रश्न उठ्न थालेको छ ।

खासगरी पार्टी सभापति रवि लामिछानेले जेल ब्रेक गरेको वा गराइएको विषयले रास्वपामा लफडा भएको हो । रविकै कारण देशभरका कैदी भागेको आरोप खेपिरहेको रास्वपामा अहिले देखिएको विग्रह चानचुने खालको छैन । रविको जेलब्रेकमा विमति भएकै कारण पार्टी सहमहामन्त्री समेत भइसकेकी पूर्वसांसद सुमना श्रेष्ठले पार्टी नै छाडिन् ।

त्यस्तै सांसद एवम् पार्टी केन्द्रीय सदस्य तोषिमा कार्कीले फेसबुकमार्फत नै पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने बताइसकेकी छिन् । यसैबीच मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पनि पार्टी नेतृत्वको विकल्प खोज्नुपर्ने धारणा राखेका छन् ।

बुझिएअनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेश समिति सभापतिले रवि लामिछानेले पार्टी सभापतिबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन् । कोशीका सभापति सरिन तामाङ, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक र सुदूरपश्चिमका प्रकाश विष्टले केन्द्रीय समिति बैठकमा रविको विकल्प खोज्नुपर्ने प्रस्ताव गरेका हुन् ।

रास्वपा बैठकमा सभापति लामिछानेको कारागार रिहाइ प्रकरणबारे पनि घनिभूत छलफल भएको छ । यो प्रकरणलाई लिएर पार्टीले आन्तरिकरुपमा छानबिन गर्नुपर्ने माग पनि केही नेताहरूले उठाएका छन् । पार्टी प्रवक्ता मनिष झाले बैठकअघि नै केन्द्रीय सदस्यहरूको ह्वाट्सएप ग्रुपमा छानबिनको माग गरेका थिए ।

मनिष स्वयं त्यस दिन नख्खु कारागारमा आगजनी भएको भिडिओमा देखिएपछि विवादमा मुछिएका छन् । बुझिएअनुसार सभापति लामिछाने स्वयं छानबिनका लागि सकारात्मक छन् । भदौ २४ गते नख्खु पुगेका केही नेता भने छानबिनको विपक्षमा रहेको बताइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा…

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको

ह्वात्तै बढ्यो चिसो, एक सातामै घट्यो ३ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री

तत्कालका लागि फुट्नबाट जोगिने भयो कांग्रेस, पुसभित्रै नियमित महाधिवेशन गर्ने…

काठमाडौं । तत्कालका लागि फुटको जोखिमबाट कांग्रेस उम्किएको छ । बुझिएअनुार पुसभित्रै नियमित महाधिवेशन गर्न नेताहरु सहमत भएसँगै कांग्रेस फुटबाट

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

Techie IT