Techie IT
Tuesday, October 14, 2025 | सोमबार, असोज २७, २०८२
२०८२ असोज २७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररवि लामिछानेले प्रष्ट भाषामा स्वीकारे गल्ती

रवि लामिछानेले प्रष्ट भाषामा स्वीकारे गल्ती

भने– पदीय जिम्मेवारीका कारण बिगो बापतको रकम तिर्छु, मलाई छुटाइदिनुस्


काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता रहेको स्वीकारेका छन् । उनले पदीय जिम्मेवारीका कारण आफ्नो भागमा पर्ने बिगो तिर्न तयार रहेको पनि बताएका छन् ।

उनले अदालतमा दिएको निवेदनको १३ नम्बर बुँदामा भनेका छन्– पदीय जिम्मेवारीका कारण बिगोवापत २ करोड ७४ लाख ८४ हजार दाखिला गरिदिएको छु । उनले यसो भन्नुको अर्थ प्रष्टसँग गल्ती स्वीकार्नु हो । बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सुनुवाइपूर्वनै अदालतमा जमानत बुझाएका हुन् ।

अदालतका अनुसार रविका लागि तीन जनाले प्रभु बैंकको जमानत दिएका छन् । शंकरप्रसाद श्रेष्ठले एक करोड ५० लाख, रामानन्द घिमिरेले ९४ लाख ८४ हजार र मनोहर प्रधानले ३० लाख रूपैयाँ बराबरको बैंक जमानत दिएका हुन् । रविले बचत फिर्ता गर्न सरोकारवालाहरूको समन्वयमा छिटोभन्दा छिटो कार्यान्वयन प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छन् ।

आफू कालकोठरीभित्र थुनिएर जनताका पीडा, अधिकार र न्यायका लागि क्रियाशील हुन असम्भव भएको दाबीसमेत लामिछानेले गरेका छन् । सुप्रिम सहकारीका बचतकर्ताको न्यायको लागि आफ्नो हकमा मागदाबी गरिएको बिगो बुझाएकाले सहकारी ठगी मुद्दामा छुटकारा पाउनुपर्ने उनको माग छ ।

पीडितलाई सहकारीको रकम फिर्ताको प्रक्रिया आफूबाटै सुरु हुनुपर्ने उनको जिकिर छ । रविले सहकारी ऐन, २०७४ मा पहिलो संशोधनले थप गरेको मिलापत्रसम्बन्धी व्यवस्था पनि निवेदनमा स्मरण गराएका छन् । यी आधारमा सहकारी ठगीको मुद्दाबाट छुटकारा पाउन र संगठित अपराधसम्बन्धी कसुरमा साधारण तारिखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउने गरी आदेश गर्न माग गरेका छन् ।

उनले रुपन्देही जिल्ला अदालतमा साउन १९ गते निवेदन दिएका थिए । त्यसै दिन अदालतले मुद्दाका पक्षहरूलाई सूचना दिन आदेश भइसकेको छ। २० र २१ गते निरन्तर पेसी चढे पनि लामिछाने पक्षले नै सुनुवाइ स्थगित गराएको थियो । र, सोमबारका लागि पेशी तोकिएको छ ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई यसअघि जिल्ला अदालत रूपन्देहीले २०८१ माघ १३ गते एक करोड रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेश आएकै दिन उनी धरौटी बुझाएर रिहा भएका थिए । तर उक्त आदेशविरुद्ध सरकार रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत गएको थियो ।

यस्तै रवि पनि धरौटी रकम बढी भएको भन्दै आफूलाई साधारण तारेखमा राखेर पुर्पक्षको अवसर दिनुपर्ने माग लिएर उच्चमा पुगे । त्यसपछि २०८१ चैत २५ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै रविलाई थुनामा पठाइदिएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

पूरा भएन विपिन जोशीलाई जिउँदै भेट्ने आश, इजरायली अधिकारीहरु भन्छन्–…

काठमाडौं । इजरायलले सोमबार हमासले बन्धक बनाएकाहरुलाई रिहा गर्दा नेपालका विपिन जोशी पनि पर्छन् भन्ने धेरैको आश थियो । तर

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि नि थाल्यो…

काठमाडौं । सुन तस्करी प्रकरणमा यसअघि उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) माथि नेपाल प्रहरीको केन्द्रीय

बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी

नेपाली कांग्रेस निकट नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङमाथि छानबिनक गरी कारबाही हुनुपर्ने बताएको

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन २ हजार ४ सय…

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा

हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन…

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले

Techie IT