Techie IT
Tuesday, July 15, 2025 | सोमबार, असार ३०, २०८२
२०८२ असार ३०, सोमबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रआगामी बजेटमा करका दरभन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव

आगामी बजेटमा करका दरभन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी वर्षको बजेटमा करका दर भन्दा दायरा बढाउन सरकारलाई सुझाव दिनु भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा राजस्व तर्जुमा सम्बन्धमा सुझाव संकलन गर्न सोमबार महासंघ सचिवालय टेकुमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले करको दरलाई भन्दा दायरालाई बढाउन, उद्यमशीलताको विकास र रोजगारी सिर्जना हुने ढंगले बजेट तथा नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिनु भयो ।

निजी क्षेत्रले केवल आफ्नो फाइदाका लागि नभई देशकै अर्थतन्त्र चलायमान बनाउन सरकारलाई सुझाव दिंदै आएको उल्लेख गर्दै उहाँले देश विकासका लागि सरकार र निजी बीच सहकार्य आवश्यक रहेको समेत बताउनु भयो । “कहिलेकाँही हामीलाई लाग्न सक्छ । सरकार र निजी क्षेत्र फरक हो । तर हामी एउटै डुङ्गाका सारथी हौं । हामी साझा उद्देश्यका लागि काम गरिरहेका छौ । मिलेर काम गर्दा नै परिणाम निकाल्न सकिन्छ ” उहाँले भन्नुभयो ।

पछिल्लो समय सरकारले निजी क्षेत्रका सुझावलाई सम्बोधन गर्दै लगानी मैत्री वातावरण निर्माण तथा अर्थतन्त्र चलायान बनाउन नीतिगत सुधार गरेको उल्लेख गर्दै ती नीतिगत सुधारसंगै त्यसका परिणामहरु देखिन थालेको अध्यक्ष ढकालले बताउनु भयो ।
सोही अवसरमा महासंघका उपाध्यक्ष हेमराज ढकालले उद्योग व्यवसायको प्रवद्र्धन पनि हुने र राजस्व पनि बढ्ने ढंगले बजेट ल्याउनु पर्ने बताउनु भयो । यस्तै उहाँले व्यवसाय सञ्चालनका लागि प्रक्रियागत सहजिकरणका लागि पनि सुझाव दिनुभयो ।
महासंघका केन्द्रीय सदस्य तथा कर तथा राजस्व समितिका सभापति अम्बिका प्रसाद पौडेलको सभापतित्वमा भएको छलफलमा उद्योगी व्यवसायीहरुले आगामी बजेटमा सरकारले केवल राजस्व संकलनमा मात्रै जोड नदिई देशमा उद्योग व्यवसाय प्रवद्र्धन हुने ढंगले बजेट तथा नीतिहरु तर्जुमा गर्न, उच्च एवम् दिगो आर्थिक बृद्धि, उर्जा, पूर्वाधार विकास, पर्यटन लगायतका विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए ।

सो अवसरमा आन्तरिक राजस्व विभागका निर्देशक कपिल सुवेदीले बजेटका विषयमा आधार र पुस्ट्याईं सहितका सुझाव आएमा कार्यान्वयनमा जान सहज हुने बताउनु भयो ।

यस्तै भन्सार विभागका निर्देशक सुशिल शर्माले सरकारलाई समेत राजस्वको चाप परेको उल्लेख गर्दै बजेटमा निजी क्षेत्रका सुझावलाई समेट्ने प्रयास गरिने बताउनु भयो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

तीन महिनामा १४५ रुपैयाँले बढ्यो अण्डाको भाउ, अझै बढ्ने अनुमान

काठमाडौं । तीन महिनाका बिचमा अन्डाको मूल्य प्रतिक्रेट १४५ रुपियाँसम्म बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार पछिल्लो महिनामा

देशका आर्थिक सूचकमा देखिए आशालाग्दा सुधारका संकेत, मुलुकबाट बाहिरिनेभन्दा भित्रिने…

काठमाडौं । देशका आर्थिक सूचकहरुमा निकै लोभलाग्दो गरी सुधारका संकेत देखिएका छन् । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिना

साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको पहिलो नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा

राष्ट्र बैंकले चल्तीमा ल्यायो १० रूपैयाँको नयाँ नोट

काठमाडौं । राष्ट्र बैंकले १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याएको छ । नोटमा गभर्नर महाप्रसाद अधिकारीकै हस्ताक्षर छ । नयाँ

अपर मेवाखोला जलविद्युत आयोजनाले गर्यो वित्तीय व्यवस्थापना सम्झौता

काठमाडौं । ताप्लेजुङमा बन्न लागेको ३१.९२ मेगावाट क्षमताको अपर मेवाखोला जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

आयो १९ खर्ब ६४ अर्बको बजेट: कार्यक्रम लोभलाग्दा, कार्यान्वयनमा शंका

बिहीबार सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । अर्थमन्त्री पौडेलले संसद्को संयुक्त बैठकमा आगामी

Techie IT