Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रआगामी बजेटमा करका दरभन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव

आगामी बजेटमा करका दरभन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी वर्षको बजेटमा करका दर भन्दा दायरा बढाउन सरकारलाई सुझाव दिनु भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा राजस्व तर्जुमा सम्बन्धमा सुझाव संकलन गर्न सोमबार महासंघ सचिवालय टेकुमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले करको दरलाई भन्दा दायरालाई बढाउन, उद्यमशीलताको विकास र रोजगारी सिर्जना हुने ढंगले बजेट तथा नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिनु भयो ।

निजी क्षेत्रले केवल आफ्नो फाइदाका लागि नभई देशकै अर्थतन्त्र चलायमान बनाउन सरकारलाई सुझाव दिंदै आएको उल्लेख गर्दै उहाँले देश विकासका लागि सरकार र निजी बीच सहकार्य आवश्यक रहेको समेत बताउनु भयो । “कहिलेकाँही हामीलाई लाग्न सक्छ । सरकार र निजी क्षेत्र फरक हो । तर हामी एउटै डुङ्गाका सारथी हौं । हामी साझा उद्देश्यका लागि काम गरिरहेका छौ । मिलेर काम गर्दा नै परिणाम निकाल्न सकिन्छ ” उहाँले भन्नुभयो ।

पछिल्लो समय सरकारले निजी क्षेत्रका सुझावलाई सम्बोधन गर्दै लगानी मैत्री वातावरण निर्माण तथा अर्थतन्त्र चलायान बनाउन नीतिगत सुधार गरेको उल्लेख गर्दै ती नीतिगत सुधारसंगै त्यसका परिणामहरु देखिन थालेको अध्यक्ष ढकालले बताउनु भयो ।
सोही अवसरमा महासंघका उपाध्यक्ष हेमराज ढकालले उद्योग व्यवसायको प्रवद्र्धन पनि हुने र राजस्व पनि बढ्ने ढंगले बजेट ल्याउनु पर्ने बताउनु भयो । यस्तै उहाँले व्यवसाय सञ्चालनका लागि प्रक्रियागत सहजिकरणका लागि पनि सुझाव दिनुभयो ।
महासंघका केन्द्रीय सदस्य तथा कर तथा राजस्व समितिका सभापति अम्बिका प्रसाद पौडेलको सभापतित्वमा भएको छलफलमा उद्योगी व्यवसायीहरुले आगामी बजेटमा सरकारले केवल राजस्व संकलनमा मात्रै जोड नदिई देशमा उद्योग व्यवसाय प्रवद्र्धन हुने ढंगले बजेट तथा नीतिहरु तर्जुमा गर्न, उच्च एवम् दिगो आर्थिक बृद्धि, उर्जा, पूर्वाधार विकास, पर्यटन लगायतका विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए ।

सो अवसरमा आन्तरिक राजस्व विभागका निर्देशक कपिल सुवेदीले बजेटका विषयमा आधार र पुस्ट्याईं सहितका सुझाव आएमा कार्यान्वयनमा जान सहज हुने बताउनु भयो ।

यस्तै भन्सार विभागका निर्देशक सुशिल शर्माले सरकारलाई समेत राजस्वको चाप परेको उल्लेख गर्दै बजेटमा निजी क्षेत्रका सुझावलाई समेट्ने प्रयास गरिने बताउनु भयो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने तयारी, सरकारको निर्णय स्वागतयोग्य

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय (EV) मा रूपान्तरण गर्न कानुनी व्यवस्था गर्ने निर्णय

सुनको भाउले रच्यो इतिहास, पुग्यो तोलाकै ३ लाख नौ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल

एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा

सुनचाँदीको मूल्य घट्यो,२ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी

सुनको मुल्य एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३…

बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि

Techie IT