Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रदेशका आर्थिक सूचकमा देखिए आशालाग्दा सुधारका संकेत, मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम पाँच खर्बले धेरै 

देशका आर्थिक सूचकमा देखिए आशालाग्दा सुधारका संकेत, मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम पाँच खर्बले धेरै 


काठमाडौं । देशका आर्थिक सूचकहरुमा निकै लोभलाग्दो गरी सुधारका संकेत देखिएका छन् । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिना मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम चार खर्ब ९१ अर्ब रूपैयाँले धेरै भएको छ । जसलाई भुक्तानी सन्तुलन तथा शोधानान्तर बचत समेत भनिन्छ ।

२०८०–८१ को ११ महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम चार खर्ब २५ अर्बले धेरै थियो । मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो । आर्थिक वर्ष २०७८–७९ को असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो ।

रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको हो । यसको अनुपातमा आयातमा सामान्य मात्रै सुधार देखिएको कारण पनि भुक्तानी सन्तुलन देखिएको हो । वार्षिक आधारमा सात वर्ष पछि गत आर्थिक वर्षबाट मुलुकको चालु खाता नाफामा देखिएको थियो ।

त्यस्तै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म वार्षिक मुद्रास्फीति २.७२ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा यो ४.१७ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहको छ ।

अघिल्लो वर्ष यी दुई समूहको क्रमशः ५.८५ प्रतिशत र ३.०९७ प्रतिशत मुद्रास्फीति थियो । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.०६ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दाल तथा गेडागुडीको २.८५ प्रतिशत छ ।

तरकारीको ७.०४, मरमसलाको ३.०६ र माछा तथा मासुको २.९१ प्रतिशत रहेको तथ्यांक छ । गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाको ९.४३ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ६.८२, शिक्षा ५.८८, फर्निसिङ तथा घरायसी उपकरण ५.०६ र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशत बढेको छ ।

ग्रामीण क्षेत्रमा २.९० र सहरी क्षेत्रमा २.६६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने तयारी, सरकारको निर्णय स्वागतयोग्य

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय (EV) मा रूपान्तरण गर्न कानुनी व्यवस्था गर्ने निर्णय

सुनको भाउले रच्यो इतिहास, पुग्यो तोलाकै ३ लाख नौ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल

एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा

सुनचाँदीको मूल्य घट्यो,२ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी

सुनको मुल्य एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३…

बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि

Techie IT