Techie IT
Wednesday, December 17, 2025 | बुधबार, पुस २, २०८२
२०८२ पुस २, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअब गाडी चलाउन पनि राष्ट्रिय परिचयपत्र अनिवार्य

अब गाडी चलाउन पनि राष्ट्रिय परिचयपत्र अनिवार्य


काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ । यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच बुधबार समझदारी पत्रमा हस्ताक्षरसमेत भइसकेको छ । यो व्यवस्था लागू भएपछि लाइसेन्स बोकेर हिँड्न नपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रबाटै नागरिकहरूले लाइसेन्सको सेवा लिन सक्ने विभागको भनाइ छ । राष्ट्रिय परिचयपत्रको नम्बर भए सवारी चालक अनुमतिपत्र नवीकरण गरिसकेपछि पनि छुट्टै लाइसेन्स नचाहिने विभागले जनाएको छ । विभागले केही दिनभित्रमै यो नियम लागू गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक सफ्टवेयर समेत बनिसकेको छ ।

ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐनअनुसार नै पहिला जसरी जाँच गर्थ्यो, राष्ट्रिय परिचयपत्र बोकेर हिँड्नेलाई पनि त्यसरी नै परीक्षण गर्नेछ । परिचयपत्रमा लाइसेन्स प्राप्त गर्ने व्यक्तिहरूको सबै विवरण राखिएको हुने र नम्बरका आधारमा मोबाइल डिभाइसमार्फत ट्राफिक प्रहरीले परीक्षण गर्नेछ । ट्राफिक प्रहरीलाई लाइसेन्स परीक्षण गर्ने मोबाइल डिभाइस उपलब्ध हुनासाथ यो नियम लागू हुने जनाइएको छ ।

अहिले सबै प्रक्रिया पूरा भएका र नवीकरणसहित १६ लाख सेवाग्राहीको लाइसेन्स छापिन बाँकी छ । नयाँ र नवीकरण गर्न दिएका सेवाग्राहीले दुई वर्षभन्दा बढी समयदेखि लाइसेन्स पाउन सकेका छैनन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने

नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ।

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१

एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो

नेकपा एमालेको नयाँ नेतृत्वमा लागि आज मतदान हुँदैछ । मतदान दिउँसो चार बजेबाट सुरु हुनेछ । 

एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि

गायीका ज्योती मगर पनि खुलेरै नेकपा एमालेको महाधिवेशनमा लागेकीछीन् ।

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस्

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

Techie IT