Techie IT
Friday, April 18, 2025 | शुक्रबार, वैशाख ६, २०८२
२०८२ वैशाख ६, शुक्रबार
swarnapatra logo

नाटक: न्याय


पात्रहरु

धृतराष्ट्र- हस्तिनापुर नरेश

गङ्गापुत्र भिष्म- ज्येष्ठ कौरव, पितामह

युधिष्ठिर- ज्येष्ठ पान्डव पुत्र

दुर्याेधन- धृतराष्ट्र ज्येष्ठ पुत्र

विदुर- महामन्त्री ,हस्तिनापुर

शकुनि- गंधार कुमार,मामा दुर्याेधन

कर्ण- मित्र दुर्याेधन

सिपाही ,

चार , अपराधी ।

स्थान -हस्तिनापुर राजसभा

(राजा धृतराष्ट्रले बाेलाएकाे यो विशेष राजसभाले आज देशको नयाँ युवराज छनाेट गर्दैछ। राजसभामा समस्त काैरव र पान्डवका साथै गुरु द्राेणाचार्य र कुल गुरु कृपाचार्यकाे पनि उपस्थिति छ। राजा धृतराष्ट्रले महामन्त्री विदुरलाई सभा सुरु गर्न निवेदन गर्दछन्।)

विदुर– (राजातर्फ फर्केर दन्डवत् गर्दे) हस्तिनापुर नरेशकाे जय हाेस्,(सभामा सम्बाेधन गर्दे)

पितामह भीष्म गुरु द्राेणाचार्य कुल गुरु कृपाचार्यलाई मेरो प्रणाम। सभामा उपस्थित सम्पूर्ण मन्त्रिगण, अतिथि र समस्त जनलाई पनि मेरो नमस्कार। आजकाे यो सभाले देशमा युवराज घोषणा गर्दैछ, तसर्थ यस सभा देशको भविष्यकाे लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। महाराजले आज ज्येष्ठ गान्धारी नन्दन दुर्याेधन र ज्येष्ठ पान्डव युधिष्ठिर मध्ये एकलाई युवराज नियुक्त गरि बक्सनु हुन्छ।

(अचानक सभामा सिपाहीले चार अपराधीलाई जन्जिर सहित बाँधेर लयाइपुर्याउँछन् ।)

धृतराष्ट्र: के कयो विदुर?

विदुर: चार जना अपराधी ल्याइएको छ महाराज।

धितृराष्ट्र: अपराध?

विदुर: महाराजलाई यिनीहरूको अपराध बताइयोस।

सिपाही: ( केही कदम अगाडि बढी शिर निहुराउँदै)

महाराजको जय होस। यी चार अपराधी मिलेर एक निसाहय महिलाको  हत्या गरे महाराज ।

धृतराष्ट्र: अपराधी के भन्छन्?

सिपाही: अपराधीहरू आफ्नो अपराध स्वीकार गर्छन् महाराज ।

धृतराष्ट्र: त्यसो हो भने…..

( विदुर बीचमा बोल्दै)

विदुर: क्षमा गरियोस् महाराज ।

धृतराष्ट्र: तिमी केही भन्न चाहन्छौ विदुर?

विदुर: हजुर ले आज्ञा दिनु भयो भने महाराज

धृतराष्ट्र: आज्ञा दिइयो।

विदुर:  आज हस्तिनापुरले दुई जेष्ठ राजकुमारमध्ये एकलाई युवराज नियुक्त गर्नैछ महाराज। म चाहन्छु कि यो अपराधको न्याय राजकुमारले गरून् ताकि समस्त जनताहरूले उनीहरूको योग्यताको अनुभूति गरून्।

धृतराष्ट्र: पितामह ( गंगा पुत्र तर्फ फर्किदै)

भीष्म:  म महामन्त्री विदुरसँग सहमत छु महाराज । परन्तु गन्धार कुमार शकुनी को मत जान्न पनि आवश्यक होला?

विदुर: क्षमा चाहन्छु  पितामह यो हस्तिनापुरकाे समस्या हो र यो कुरु राजसभा हो , त्यहाँ गन्धार कुमारकाे मत जान्न जरुरी छैन ।

भीष्म: तर गन्धार कुमार पनि हस्तिनापुरकै भइसके नि विदुर?

विदुर: मलाई पुन: क्षमा गर्नुहाेस् पितामह। भइसक्नु र हुनुमा निकै अन्तर छ…

(दुर्याेधन आफ्नाे आसनबाट उठ्दै)

दुर्याेधन: तर म हस्तिनापुरकाे हो नि काका श्री। महाराजकाे पुत्र भएको हैसियतले पहिला न्याय गर्ने अवसर मलाई दिइयाेस्

विदुर: पहिला न्याय गर्ने माैका तिमिले पाउछाै  पुत्र तर महाराजकाे पुत्र भएको हैसियतले होइन ।तिमी युधिष्ठिरकाे अनुज हो । त्यसकारण सुरुमा न्यायकाे अवसर तिमिलाइ प्रदान गरिन्छ।

धृतराष्ट्र: राजकुमार दुर्याेधनलाइ न्याय गर्ने अवसर प्रदान गरिन्छ।

दुर्याेधन: हस्तिनापुर नरेश पिता धृतराष्ट्रकाे जय।

धृतराष्ट्र: राजकुमारकाे विचारमा यी चार अपराधीलाई के दन्ड दिनुपर्छ?

दुर्याेधन: महाराज हाम्रो त्यहाँ  शताब्दी देखि नै हत्या गर्नेलाई मृत्यु दन्डकाे सजाय दिइएको छ। तसर्थ यी चार

अपराधीलाई मृत्युदन्ड दिइयोस् ।

( सभामा शकुनि,कर्ण, दुशासन लगायत काैरवहरुले दुर्याेधन जय भनेको नारा सुनिन्छ.)

धृतराष्ट्र: बिदुर यी चार अपराधीलाई मृत्युदण्ड…

बिदुर: क्षमा गरियोस महाराज। हजुरले जेष्ठ पाण्डवलाई न्यायको अवसर नै दिनुभएन।

धृतराष्ट्र: परन्तु न्याय त भइ सक्यो बिदुर

बिदुर: तर महाराज युधिष्ठिरको मत दुर्योधन भन्दा भिन्न नि हुनसक्छ।

धृतराष्ट्र: (अफ्ट्यारो मान्दै) विदुर!  प्रिय अनुजपुत्र युधिष्ठिरलाइ न्यायकाे अवसर प्रदान गरियोस् ।

युधिष्ठिर: ज्येष्ठ पिताश्री हस्तिनापुर नरेशकाे जय हाेस्।

धृतराष्ट्र: के तिमी आफ्नाे अनुज दुर्याेधनकाे न्यायसंग सहमत छाै पुत्र?

युधिष्ठिर: सबै कुरा जाने बेगर म न्याय गर्न असमर्थ छु महाराज।

धृतराष्ट्र: तिमी के जान्न चाहन्छाै पुत्र युधिष्ठिर?

युधिष्ठिर: म अपराधीकाे वर्ण र जाती जान्न चाहन्छु महाराज।

कर्ण: ( बिचमा बाेल्दै क्रोध शैलीमा) अपराधकाे जातिसंग के लेनदेन छ युधिष्ठिर?

युधिष्ठिर: (नम्र स्वरमा) यो आवश्यक नभएको भए म जान्न खाेज्ने थिइनँ अंगराज कर्ण

धृतराष्ट्र: अपराधीहरु आफ्नाे आफ्नाे जाति बताउ

पहिलो अपराधी: म शुद्र हुँ महाराज

दाेस्राे अपराधी: म वैश्य हुँ महाराज

तेस्राे अपराधी: म क्षत्रीय हुँ महाराज

चाैथाे अपराधी: म ब्राह्मण हुँ महाराज।

युधिष्ठिर: महाराज शुद्र अपराधीलाई  चार बर्ष काराबासकाे ,वैश्यलाई आठ बर्ष ,क्षत्रियलाई साेर्ह बर्ष काराबासको सजाय दिन अनुरोध गर्द्छु परन्तु  ब्राम्हणलाई मृत्युदण्डकाे सजाय दिनु धर्म विरुद्ध हुन्छ। तसर्थ यसकाे सजाय कुलगुुरु कृपाचार्यलाई निर्धारण गर्न आग्रह गर्छु।

(शकुनि व्यङ्ग्य गर्दे)

शकुनि- अति सुन्दर न्याय भान्जा अति सुन्दर!! अपराध एक न्याय चार।

( काैरवहरु न्यायप्रति हाँसेकाे सुनिन्छ)

युधिष्ठिर: अपराध एक छैन मामाश्री! शुद्रकाे अपराध अज्ञानीकाे अपराध हो ,त्यसकारण चार बर्ष।वैश्य अपराधी शुद्र जत्तिकै अज्ञानी होइन तसर्थ आठ बर्ष।क्षेत्री जाे समाजकाे रक्षक हो , उ आफै हत्याजस्ताे

अपराधमा लागेकाले उसकाे सजाय वैश्यकाे दुईगुणा , अर्थात् १६ बर्ष।ब्राह्मण त ज्ञानी हो , उसले जानि जानि एउटा मनुष्यकाे हत्या गरेको छ। उसको अपराध सबै भन्दा भयानक छ।

ब्राह्मण अपराधी:  म मेरो अपराध को लागि स्वेच्छा अग्नि प्रवेश को आदेश चाहन्छु महाराज।

युधिष्ठिर: यसको निणर्य  त कुलगुरू कृपाचार्य ले गर्नु हुन्छ ।

शकुनी: परन्तु तिम्रो न्यायमा असमानता छ भन्जा।

युधिष्ठिर: सबै लाई एउटै तराजुमा जोखनु न्याय होइन अन्याय हो मामा‌‌श्री ।

(आमजनताले युधिष्ठिरकी जय जय गरेको सुनिन्छ। सभाभर युधिष्ठिरको जयजय हुन्छ। )

विदुर: महाराज!  कृपया अब हजुर न्याय गरियोस l

धृतराष्ट्र: न्याय त प्रिय पाण्डु पुत्र  युधिष्ठिर ले गरिसके विदुर।

(एकछिन माहोल सन्त हुन्छ।)

विदुर: महाराज! अपराधीहरूको न्याय पनि घोषणा भयो । अब कृपा गरेर राज्यको युवराज घोषणा गरी बक्सियोस् ।

धृतराष्ट्र: ( दुखी स्वरमा)  म  पितामह सँग यो प्रार्थना गर्छु ।

कि उहाँ शंख बजाएर जेष्ठ पाण्डु पुत्र युधिष्ठिर लाई युवराज बनाएको घोषणा गरिदिनुहोस्।

(चार पाण्डवले जनता सँगै युधिष्ठिर को जयजयकार गरेको आवाज सुनिन्छ।)

(सभाको समाप्त हुन्छ)






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हिक्मतलाई हिम्मत दिने मदन

हिक्मतको यात्रा केवल चुनावी राजनीति होइन। उनले सधैँ संगठनलाई विचार र सेवाको संयोजनको रूपमा लिएका छन्। उनी विश्वविद्यालयभित्र भएका असमानता,

मौसमीसँगको अधुरो प्रेम

धनकुटाको चिसो बिहान । म झोला बोकेर बसपार्कमा उभिएको थिएँ, काठमाडौं जानका लागि । मनमा हजारौं विचारहरू वर्षात भइरहेको थियो

भीम रावलको बजारीकरणमा ‘विचलनमुखी एमाले’को मलजल

दशौं महाधिवेशनपछिका उनका अस्वाभाविक, उग्र र बजारमुखी अभिव्यक्तिहरु कम्युनिष्ट पार्टीमा त के कुनै सामाजिक कार्यको उपभोक्ता समूहमा पनि सुहाउने किसिमको

सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका…

पत्रकारको संगठनमा हुने दलहरुको निर्वस्त्र नृत्य गलत छ । त्यहीं नृत्य कोरस नाच्न पाउँदा गर्व गर्ने अर्धपत्रकारको मगज पनि गलत

कथा: स्वर्ग-नर्क

माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था

झनपछि झन् उदांगिँदै रास्वपा !

डिपीको जस्तो ‘दास मानसिकता’ले न देशलाई भलो हुन्छ, न रास्वपालाई नै !

Techie IT