Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रजेन–जी आन्दोलनको ब्याकफायरले रास्वपा घाइते, स्वर्णिम वाग्ले–मनिष झा र शिशिर खनाल सकसमा

जेन–जी आन्दोलनको ब्याकफायरले रास्वपा घाइते, स्वर्णिम वाग्ले–मनिष झा र शिशिर खनाल सकसमा

सन्तोष परियार र सोविता गौतम गम्भीर विमर्षमा


काठमाडौं । जेन जी आन्दोलनलाई उत्कर्षमा पुर्याउन रास्वपाका नेता कार्यकर्ताले खेलेको भूमिका महत्वपूर्ण छ । तर त्यहीं आन्दोलन रास्वपाका लागि ब्याकफायर भइदियो । खासगरी पार्टी सभापति रवि लामिछानेलाई जेलमुक्त गराउनुलाई रास्वपाका नेता कार्यकर्ताले ठूलो उपलब्धी मानेको थियो ।

हुन पनि जनताले कसैलाई जेलबाट मुक्त गराउने कुरा चानचुने थिएन । तर, त्यहीं कुराले रास्वपालाई गम्भीर धक्का लाग्यो । रविले जेलमुक्त भएर रुफटप गाडीमा हुँइकिएको दृश्यले धेरैको ध्यान मात्रै खिचेन, रास्वपाभित्र लफडा पनि सिर्जना गर्यो ।

त्यसरी भीडको बलमा जेलबाट भाग्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने विषयको विवादकै कारण रास्वपाकी नेतृ सुमना श्रेष्ठले पार्टी नै छाडिन् । जुन रास्वपाका लागि गम्भीर धक्का हो । त्यससँगै लामिछानेले जेलमुक्त हुन बनाएको कागज नै नक्कली भएको विषयले त रास्वपा र रविलाई हेर्ने नागरिकको दृष्ट्रिकोणनै बदलियो ।

हिजो रविको हाइ हाइ गर्नेहरुले नै चोकचोकमा कैदी फरार भएको सूचना टाँस्न थाले । अझ जेन जी भनिने युवाहरुले त रविको जुलमुक्तिलाई निकै नमीठो ढंगमा टिप्पणी गरे । जब रविको जेलमुक्तिसँगै देशभरका जेलबाट कैदीहरुले जेल तोडे, तब त्यसको सम्पूर्ण अपजशको भारी बोक्न रावि लामिछाने अभिषप्त हुनपर्यो । यस्तै परिस्थितिबीच रास्वपाभित्र संसद विघटनको विषयमा पनि प्रष्ट दुई धार देखियो ।

नेत्रृद्वय सोविता गौतम र तोषिमा कार्कीबीच त संसद विघटनको विषयमा टक्करै पर्यो । कानूनकी विद्यार्थीसमेत रहेकी सविताले संसद विघटन गलत भनिरँदा तोषिमाले अपरिहार्य भनेर भिडिओ बनाइन् । यसले प्रष्ट संकेत गर्छ कि रास्वपाभित्र प्रष्ट दुई धार छ । खासमा महत्वपूर्ण मुद्दामा रास्वपाको कुनै आधिकारिक र ठोस धारणा नै हुँदैन ।

यसअघि लिपुलेक र कालापानी नेपालको भन्नसमेत खुट्टा कमाएको रास्वपाले अहिले संसद विघटनको मामलामा पनि आधिकारिक धारणा सार्वजनिक गरेको छ । यी सबै कारणले अहिले रास्वपाभित्र तनाव बढेको छ । राविले गरेका गल्तीको ढाकछोपमै अधिक समय विताउन परेपछि उपसभापति स्वर्णिम वाग्लेसँगै नेताहरु मनिष झा र शिशिर खनाल पनि सकसमा परेको बुझिएको छ ।

त्यसैले त यस्तो विषम परिस्थितिमा उनीहरु केही नबोली बस्न बाध्य छन् । त्यस्तै सन्तोष परियार र सोविता गौतम पनि अहिले गम्भीर समीक्षामा रहेको बताइएको छ । यससँगै गशेण कार्कीको नेतृत्वमा थुप्रै केन्द्रीय सदस्यहरु पनि पार्टी विद्रोहको मुडमा पुगेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

Techie IT