Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रदुई हप्ता सम्म शान्त बसेका प्रसाई पुरानै बाटोमा फर्कदै, कस्तो रणनीतिसहित अघि बढ्लान त ?

दुई हप्ता सम्म शान्त बसेका प्रसाई पुरानै बाटोमा फर्कदै, कस्तो रणनीतिसहित अघि बढ्लान त ?


काठमाडौं । राप्रपा नेपाल लगायतका पार्टीहरू निस्क्रिय अवस्थामा रहँदा राजावादी आन्दोलनका ‘जनकमाण्डर’ भनिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईको सक्रियता शुरु भएको छ । तीनकुने प्रकरणमा झण्डै चार महिना हिरासत बसेर दुई साताअघि थुनामुक्त भएका उनले आज दिउँसो भक्तपुरको निजी निवासमा पत्रकार सम्मेलन गरेर आगामी रणनीति सुनाउन लागेका हुन् ।

प्रसाईंले सञ्चारकर्मीलाई निमन्त्रणा गर्दै एलईडी स्क्रिनबाट आफ्नो भावी योजना देखाउने बताएका छन् । चैत १५ को हिंसात्मक प्रदर्शनपछि भागेर भारत पुगेका र २८ गते उतैबाट पक्राउ गरी नेपाल ल्याइएका प्रसाईंविरुद्ध पाँचवटा कसूरमा मुद्दा चलेको थियो ।

उनी साउन २० गते २८ लाख धरौटी बुझाएर रिहा भएका हुन् । हिरासतमा रहँदा पनि आफ्नो सचिवालयमार्फत् आफना धारणा सार्वजनिक गर्दै राज्यलाई चुनौती दिने प्रयास गरेका प्रसाईं थुनामुक्त भएपछि भने अहिलेसम्म शान्त देखिएका छन् ।

करिब दुई हप्ता सम्म चुपचाप बसेका उनी कस्तो रणनीतिसहित अघि बढ्न खोजेका हुन् त्यो भने हेर्न बाँकी छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

सुरक्षित ठाउँ खोज्दै रुकुम पुगे प्रचण्ड, त्यहाँ पनि हारिने त्रास…

काठमाडौं । चितवन–३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउने बताएका नेकपाका अध्यक्ष प्रचण्डले मधेशको सिरहा, गण्डकीको गोरखा, बागमतीको चितवन र काठमाडौंसँगै लुम्बिनीको

Techie IT