Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्ररवि लामिछानेको पक्षमा बुथमै पुगेर हस्ताक्षर गर्नेको संख्या ३० लाख नाघ्यो

रवि लामिछानेको पक्षमा बुथमै पुगेर हस्ताक्षर गर्नेको संख्या ३० लाख नाघ्यो

घरमै गरिएको र अनलाइनबाट आएका हस्ताक्षरको गणना गर्नै बाँकी


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको पक्षमा अस्वभाविक हस्ताक्षर संकलन भएको छ । रास्वपाका अनुसार लामिछानेको पक्षमा ३० लाख नेपालीले बुथमै पुगेर हस्ताक्षर गरेका छन् ।

त्यस्तै घरमै पुगेर गरेको र अनलाइनबाट आएका हस्ताक्षरको गणना गर्नै बाँकी छ । सबै हस्ताक्षर जोड्दा ५० लाखभन्दा बढी हुने आकलन गरिएको छ ।

रास्वपाले ७ असारमा पार्टी स्थापना दिवसका अवसरमा माइतीघर मण्डलाबाट हस्ताक्षर अभियान सुरु गरेको थियो । अभियान सुरु भएको १ महिना थप एक हप्ता पुग्दै गर्दा पार्टीले देशका विभिन्न स्थानमा स्थापना गरेका हस्ताक्षर संकलन बुथमै गएर रविको पक्षमा ऐक्यबद्धता जनाउनेहरू मात्रै ३० लाखभन्दा बढी भएका हुन् ।

यसबाहेक पार्टीले घरघरमै गएर पनि हस्ताक्षर संकलन गरिरहेको छ । घरबाटै ऐक्यबद्धता जनाउनेहरूको संख्या भने गणना गर्न बाँकी छ । पार्टीका नेता कार्यकर्ताहरू पार्टी सभापति लामिछानेले पार्टी स्थापना दिवसका अवसरमा जारी गरेको अपिल साथमा लिएर हस्ताक्षर संकलन अभियानमा खटिएका छन् ।

अभियानका संयोजक दीपक बोहराका अनुसार कलाकार, पूर्वन्यायाधीश, पूर्वप्रहरी, विभिन्न दलका नेता–कार्यकर्ता, जनप्रतिनिधि, राजनीतिज्ञ, नागरिक समाजका प्रतिनिधि, ट्याक्सीचालक, किरियापुत्री, दृष्टिविहीन, अपांग, युवादेखि वृद्धसम्म, सहकारीपीडित र आमनागरिकले अभियानमा सहभागिता जनाइरहेका छन् ।

उनका अनुसार ७७ वटै जिल्लाको वडा र टोलटोलमा अभियानमा चलिरहेको छ । रास्वपाले हस्ताक्षर अभियान सुरुवातमा तीन महिनासम्म सञ्चालन गर्ने योजना बनाएको थियो । तर, आमनागरिकको उत्साहजनक सहभागिता देखिएपछि अभियानलाई दसैँ–तिहारसम्म लम्ब्याउने तयारी गरिएको छ ।

रविको पक्षमा किरिया बसेका मान्छेदेखि ज्याला मजदुरी गर्नेसम्मले हस्ताक्षर गरेका छन् । लामिछानेलाई राज्यले राजनीतिक प्रतिशोधका आधारमा थुनेको नागरिकको बुझाइ छ । तर उनी सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा गएका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

सुरक्षित ठाउँ खोज्दै रुकुम पुगे प्रचण्ड, त्यहाँ पनि हारिने त्रास…

काठमाडौं । चितवन–३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउने बताएका नेकपाका अध्यक्ष प्रचण्डले मधेशको सिरहा, गण्डकीको गोरखा, बागमतीको चितवन र काठमाडौंसँगै लुम्बिनीको

Techie IT