Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रनेपालका कम्युनिस्ट पार्टीहरु उथलपुथलको संघारमा

नेपालका कम्युनिस्ट पार्टीहरु उथलपुथलको संघारमा

प्रचण्ड–माधव नजिकिँदा ओलीसँग विप्लवको हिमचिम बढ्यो, सेफ ल्याण्डिङ खोज्दै जनार्दन


काठमाडौं । कम्युनिस्ट पार्टीहरु एमाले, माओवादी, एकीकृत समाजवादी, नेकपालगायत सबैजसोमा समस्या देखिएको छ । अहिले एमालेभित्रको समस्याबारे कुरा गर्न थाल्दा निकै लामो हुन्छ ।

खासगरी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा प्रवेश गर्न दिने कि नदिने भन्ने किचलोले एमाले नराम्ररी थलिएको छ । माओवादी अध्यक्ष प्रचण्डको उक्साहटमा पुन राजनीतिमा सक्रिय हुन लागेको आरोप खेपिरहेकी विद्या भण्डारीले त्यसको कडा प्रतिवाद पनि गर्न सकेकी छैनन् ।

तर, एमालेमा ओली पक्षबाट पेलानमा परेकाहरुले विद्या भण्डारीलाई आफ्नो गतिलो छहारीका रुपमा लिएका छन् । तर, विद्या भण्डारी विचार र संगठन दुवै हिसाबले कमजोर पात्र हुन् । विद्या भण्डारीलाई प्रयोग गरेर प्रचण्डले फेरि एमालेभित्र खेल्न खाजेको हो भने चाहिँ त्यसमा प्रचण्ड सफल हुने सम्भावना प्रबल छ ।

एमालेभित्र सुँड घुसारेर खेल्न पल्केका प्रचण्डले आफ्नै भित्रको द्वन्द्व भने मिलाउन सकेका छैनन् । करिब ४० वर्षदेखि आफ्नो निजी कम्पनी जसरी पार्टी चलाइरहेका प्रचण्डलाई जनार्दन शर्माले टक्कर दिएको मन परेको छैन ।

जनार्दनलाई साइजमा ल्याउन पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा भित्र्याए पनि माओवादीभित्रको हिसाब किताब सजिलै नमिल्ने देखिन्छ । उत्तराधिकारी भन्दै जति थुमथुम्याए पनि विप्लवले अब आफ्नै सुर गर्ने संकेत देखाएका छन् ।

बुझिएअनुसार विप्लवको हिमचिम एमाले अध्यक्ष ओलीसँग बढिरहेको छ । र, प्रचण्डले चाहिँ एकीकृत समाजवादीसँगको साँठगाँठलाई बाक्लो बनाएका छन् ।

यसरी अहिले माओवादी, एमाले, एकीकृत समाजवादी र नेकपामा ठूलो समस्या देखिएको छ । पुरानो कम्युनिट पार्टी मसाललाई त समस्या र फुट समान्य जस्तै लाग्ने भइसकेको छ । जुट्नभन्दा फुट्नमा आनन्द लिने कम्युनिस्टहरुले फेरि आफ्नो व्यहोरा देखाउने सम्भावना बढेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

सुरक्षित ठाउँ खोज्दै रुकुम पुगे प्रचण्ड, त्यहाँ पनि हारिने त्रास…

काठमाडौं । चितवन–३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउने बताएका नेकपाका अध्यक्ष प्रचण्डले मधेशको सिरहा, गण्डकीको गोरखा, बागमतीको चितवन र काठमाडौंसँगै लुम्बिनीको

Techie IT