Techie IT
Wednesday, July 8, 2026 | बुधबार, असार २४, २०८३
२०८३ असार २४, बुधबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रवेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?


काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा गर्न विशेष कार्यक्रमको आयोजना गर्दै अवार्ड वितरण गर्न लागिएको हो ।

अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् । विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन्।

फोटो तथा भिडियो  मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्ने र सहभागिताको लागि www.kpa.org.np मा गुगलफर्म भर्नुपर्ने आयोजकले जानकारी दिएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य नेपालका विवाह परम्पराको कला संस्कृति र सौन्दर्यलाई प्रोत्साहन गर्नुको साथै नेपाली फोटोग्राफरहरू सम्मान गर्नु नै रहेको काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेले बताए ।

अवार्ड सकिएको भोलिपल्ट नै राष्ट्रिय कला परिषद्, बबरमहलमा फोटो प्रदर्शनी पनि आयोजना गर्न लागिएको घिमिरेले बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT