Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रभक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित भएको दाबी

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित भएको दाबी


काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् । यसअघि पनि सदस्यमा उम्मेदवारी दिएर पराजित भएका गोसाइले यसपटक भने आफ्नो जित सुनिश्चित जस्तै भएको दाबी पनि गरेका छन् ।

२०६० सालमा तामाङ भाषाको चलचित्र ‘ताम्सालिङ’बाट अभिनयमा डेब्यु गरेका गोसाइले दोखाग, ह्युला दुश्मन, मयुङलगायत थुप्रै चलचित्रमा काम गरिसकेका छन् । यससँगै उनले नेपाली भाषका चलचित्रहरु टेन्डर,कहि मिलन कहि बिछोड, उखान, राम बलराम, जन्जिर, तोरि लाउरे, भिमदत्तलगायतमा अभिनय गरेका छन् ।

२०३२ सालमा जन्मिएका गोसाइले आफ्नै इँटाभट्टा खोलेर व्यवसाय गर्नेदेखि जीवनमा थुप्रै आरोह–अवरोहको सामना गरेका छन् ।

चलचित्र कलाकार संघको आगामी जेठ ३ गते अधिवेशन हुँदैछ । अधिवेशनबाट सदस्यमा चुनिएपछि गोसाइले नेपाली चलचित्रको उत्थानसँगै विकृति, विसंगतिविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’…

काठमाडौं । ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक गरिएको

Techie IT