Techie IT
२०८१ माघ ७, सोमबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्ररेविज : के हो ? के होइन ?

रेविज : के हो ? के होइन ?


कुकुरले जब आफूलाई असुरक्षित र त्रसित महसुस गर्छ त्यतिबेला टोक्ने कुरा सामान्य हो। यो कुकुरहरूको प्राकृतिक बानी नै हो। तर रेबिज लागेको कुकुरहरूले कुनै पनि व्यक्तिलाई विना कारण पनि टोक्छन्। आक्रामक र मुखमा फिंज हुँदैमा रेबिज नै हो भन्ने कुरा पनि सत्य होइन। धेरैजसो रेबिज संक्रमित जनावरहरू आक्रामक हुने भए तापनि यसको विपरित केही जनावरहरू सुरुमा धेरै निष्क्रिय देखिन सक्छन्। ज्वरो र थकान जस्ता लक्षणहरू जनावर वा मानिसमा रेबिज भएको प्रारम्भिक संकेत हो। एक संक्रमित जनावरलाई उभिरहन गाह्रो हुन सक्छ साथै छारेरोग र पक्षघातबाट ग्रस्त हुन सक्छ।

रेबिज लागेको कुकुर वा अन्य जनावरको टोकाइबाट मात्र नभई शंकास्पद जनावरको र्‍याल शरीरको विभिन्न झिल्ली वा घाउको सम्पर्कमा आएमा समेत रेबिज रोग सर्ने संभावना हुन्छ।

मुसा र खरायोबाट मानिसमा रेबिज रोग विरलै हुन्छ। तसर्थ घरायसी खरायो र मुसाले टोकेमा टोकाइपश्चात् दिइने रेबिज विरुद्धको खोप आवश्यक पर्दैन। तर जंगली खरायो, मुसा वा मुसा प्रजातिका जनावरले टोकेमा सरुवा रोग विशेषज्ञको सल्लाहमा खोप लगाउन उपयुक्त हुन्छ।

रेबिजको रोकथाम सम्भव छ। रेबिज रोग ​​फैलन नदिन मानिस र जनावर दुवैका लागि खोपहरू उपलब्ध छन्। यदि तपाईंलाई रेबिज भएको शंका लागेको जनावरले टोकेको छ भने घाउलाई तुरुन्तै १०–१५ मिनेटसम्म साबुनपानीले राम्ररी सफा गरी टोकेको २४ घण्टाभित्र खोप लगाउनुपर्छ। तर रोगको लक्षण देखिसकेपछि भने रेबिज रोगको उपचार सम्भव छैन।

खोपको गुणस्तर, लगाएको समय, तरिका र कुकुरको शारीरिक अवस्था उपयुक्त नभएमा खोप लगाए पनि कुकुरमा रेबिज रोग देखिन सक्छ। त्यसैले कुकुरलाई रेबिज विरुद्धको खोप लगाइए पनि परामर्शको लागि चिकित्सककोमा जानुपर्छ। चिकित्सकले टोकेको घाउको मूल्याङ्कन गरेर पोस्ट एक्सपोजर भ्याक्सिन आवश्यक छ कि छैन भनेर निर्क्योल गर्दछन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सरकार ढाल्ने चर्को खेलमा लागे प्रचण्ड, पुर्याए आफ्नो पक्षमा ८०…

काठमाडौं । ६ महिनादेखि प्रतिपक्षमा खुम्चनु परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको सरकार जसरी पनि ढाल्ने खेलमा लागेका छन्

तत्कालका लागि गठबन्धनको गडबड टर्याे

काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा  पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रीहरूसँग कामको ब्रिफिङ मागेका छन्

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु

काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा

Techie IT