Techie IT
Saturday, June 13, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने

ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने


काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका लागि खर्च हुने ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव विशेष रुपमा मनाउने घोषणा गर्दै “Bridge Decade Cup 2025″को आयोजना गर्ने भएको हाे।

२२ जुन २०२५ (२०८२ असार ७, आइतबार)का दिन युकेस्थित डेवाइजिस क्रिकेट मैदानमा Bridge XI र Devizes Cricket Clubबीच विशेष मैत्रीपूर्ण क्रिकेट खेल आयोजना गरिनेछ। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा, ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका ब्रान्ड एम्बेस्डर तथा नेपालका अन्तर्राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेस्वयं Bridge XIटोलीको नेतृत्व गर्नेछन्।

ब्रिज इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले जानकारी दिएअनुसार, “Bridge Decade Cup 2025” कम्पनीको दशक लामो सफलताको उत्सव मात्र नभएर सामाजिक उत्तरदायित्वको सन्देश बोकेको कार्यक्रम हो। “१० वर्षे यात्राको सम्मानमा हामी खेल, सद्भाव र सेवा एकैसाथ ल्याउने प्रयासमा छौं। खेलमार्फत सन्देश दिँदै, संकलन हुने रकम नेपालका अनाथ बालबालिकाको सहयोगमा प्रयोग हुनेछ,” गिरीले बताए।

कार्यक्रमको संयोजक विज्ञान कार्कीका अनुसार, यो प्रतियोगिता नेपाली डायस्पोरा, खेलप्रेमीहरू र स्थानीय समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको हो। “यो खेल प्रतिस्पर्धाभन्दा बढी आपसी स्नेह र सहयोगको उदाहरण बन्नेछ,” कार्कीले बताए। प्रतियोगिताको प्राविधिक पक्षमा Maxx Cricket Clubसहकार्य गर्दैछ। क्लबका कप्तान म्यानी गुरुङले यस खेललाई एक प्रेरणादायी आयोजनाका रूपमा लिएका छन्। “खेलले समुदायलाई जोड्ने माध्यम हो, र यस ऐतिहासिक इभेन्टको भाग बन्न पाउनु गौरवको कुरा हो,” गुरुङको भनाइ छ।

कार्यक्रमका निर्देशक अमित प्रकाश घिमिरेले दशक लामो सेवाको यात्रालाई समाज प्रतिको जिम्मेवारीमा परिणत गर्ने यो प्रयास ब्रिज इन्टरनेशनलको मूल्यमा आधारित भएको बताए। Bridge Decade Cup हामी सबैको साझा भावना हो – जहाँ खेल पनि छ, सेवा पनि,” घिमिरेले उल्लेख गरे। Celebrating 10 Years of Bridge International – Unity Through Cricketभन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताबाट संकलित सम्पूर्ण रकम नेपालका विभिन्न अनाथ आश्रमहरूमासहयोग स्वरूप हस्तान्तरण गरिनेछ। सहयोगको कार्यमा सन्दीप लामिछाने स्वयं पनि संलग्न हुनेछन्।

ब्रिज इन्टरनेशनलले नेपाली समुदायमा खेलकुद, सद्भाव र सामाजिक सेवाको संयोजन प्रस्तुत गर्दै दशक लामो यात्रालाई ऐतिहासिक बनाउने तयारी गरिरहेको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT