Techie IT
Tuesday, July 1, 2025 | सोमबार, असार १६, २०८२
२०८२ असार १६, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररामबहादुर बम्जनलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश

रामबहादुर बम्जनलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश


काठमाडौं । सिन्धुपाल्चोक जिल्ला अदालतले आफूलाई तपस्बी बताउने रामबहादुर बम्जनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बम्जनसँग ३ लाख धरौटी माग गरी धरौटीमा छाड्ने आदेश दिएको हो ।

बम्जनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको बाढेगाउँ आश्रमबाट एक महिलालाई बेपत्ता र एक पुरुषलाई बेचबिखन गरेको आरोपमा मुद्दा दायर भएको थियो ।

सिन्धुपाल्चोक अदालतले धरौटीमा छाड्न आदेश दिएपनि उनी छुट्न सक्ने अवस्था भने छैन । यसअघि असार १७ गते बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने सर्लाही अदालतले फैसला सुनाइसकेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

टेरामक्स घोटाला प्रकरणमा अदालत उपस्थित भए मोहन बस्नेत

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स घोटाला प्रकरणमा मुद्दामा बयान

पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित

मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति

सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार

पाल्पाको रामपुर नगरपालिकाको नौलो प्रयास, दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई…

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष

देउवा र प्रचण्डसँग छलफल गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली

Techie IT