Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रप्रदीप पौडेल स्वास्थ्य र बद्री पाण्डे पर्यटनमन्त्री बन्दै

प्रदीप पौडेल स्वास्थ्य र बद्री पाण्डे पर्यटनमन्त्री बन्दै


काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् ।

त्यस्तै सोही समूहबाट संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् भने रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।

त्यस्तै नेकपा एमालेबाट चार सांसदले मन्त्रीमा डेब्यु गर्ने भएका छन् । एमाले स्रोतका अनुसार सांसद विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल र मानवीर राई पहिलोपटक मन्त्री बन्न लागेका छन् ।

भट्टराईलाई शिक्षा, दाहाललाई भौतिक पूर्वाधार र राईलाई रक्षामन्त्री बनाउन लागिएको एमाले स्रोतले जनाएको छ । गुप्तालाई मन्त्री बनाउने टुंगो भए पनि मन्त्रालय नटुंगिएको बताइएको छ ।

त्यस्तै पार्टी उपाध्यक्षसमेत रहेका विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्नेछन् भने पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने भएको छन् । त्यसैगरी बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्दैछन् ।

उनीहरुको आजै शपथ ग्रहण हुँदैछ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

मेलबर्नमा शब्द, स्वर र संवेदनाको संगम — ‘क्यानभास १ :…

मेलबर्न । मेलबर्नको शान्त साँझ, द सोभेरियन रिसेप्सनको हलमा झुल्किएको मधुर प्रकाश, अनि बिस्तारै भरिँदै गएको नेपाली मनहरूको भीड—त्यही परिवेशमा

Techie IT